निर प्रसादको फरक गीतीएल्बम ‘जुनी’ सार्वजनिक

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

गीतकार निर प्रसाद गुरुङ्ले आफ्नै शब्द र संगीतमा ‘जुनी’ नामक एल्बम सार्वजनिक गरेका छन् ।  यो एउटा एस्तो एल्बम हो जसमा गीत एक छ शब्द पनि एक छ तर संगीत भने अनेक छ ्र यो नौलो प्रयोग पनि मानिएको छ । नेपाली गीतसंगीत क्षेत्रमा निर प्रसादको यो प्रयासले केहि नयाँ बाटो समेत खोलेको छ र उनि सांगीतिक क्षेत्रमा एक उदहारण पात्रको रुपमा समेत उभिन सफल भए ।

‘जुनी’ एल्बमको गीतहरु केहि महिना अगाडी नै सार्वजनिक भईसकेका छन् । यो एल्बममा ४ वटा गीत समावेश रहेका छन् । यसको विशेषता चारवटै गीतको शब्द एउटै रहेको छ भने लय र ताल अलग अलग धारमा दर्शक( श्रोताहरुले सुन्न पाउनेछन् ।

यस एल्बमको गीतहरुमा शब्द र संगीत निर प्रसादको रहेको छ । सबै गीतको भिडियो निर्माता पनि स्वयम गुरुङ्ग नै रहेका छन् । ‘गीत एक, संगीत अनेक’ रुपको यस प्रकारको गीत नेपाली सांगीतिक इतिहासमा मात्र सिमित न रहेर यो विश्वकै इतिहासमा पनि पहिलो रेकर्ड रहने सम्भावना गुरुङ्गको भनाई छ।

एल्बमको ४ वटा गीतको यो पहिलो गित ‘यो जुनीमा बाँचुन्जेलसम्म, तिम्रै मायाको हात चाहिन्छ’ बोलको गीतमा प्रमोद खरेलको स्वर रहेको छ । गीतको संगीत संयोजन बि. बी. अनुरागीले गरेका छन् । गीतको भिडियोमा मोडेलमा सनम कठायतलाई अन्जु चौलागाईले साथ दिएका छन् । यस्तै भिडियोको छायांकन उत्सव दहाल, सम्पादन निशान घिमिरेको छ भने यस भिडियोको निर्देशन प्रकाश धिताल गरेका छन् ।