मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री कंगना रनावतको चलचित्र ‘मणिकर्णिक’को काम रोकिएको छ । कंगना र चलचित्रका निर्देशक बिच सिनको कुरामा विवाद भएपछि चलचित्रको काम रोकिएको भारतीय मिडियाले जनाएका छन् । छायांकन सकिएर पोस्ट–प्रोडक्सनको काम भइरहेको चलचित्रको सिनको कुरामा कंगनाले निर्देशकलाई अनेक गाली र नराम्रो व्यवहार देखाएपछि निर्देशकले चलचित्रको काम छोडेका हुन् ।

कंगनाले निर्देशकलाई चलचित्रको एक दृश्य मन नपरेको र उक्त सिन फेरी रिसुट गर्न अनुरोध गरेकी थिइन् । तर चलचित्रका निर्देशकले सो सिन काटेको खण्डमा आफू चलचित्रबिरुद्ध रहने अडान लिएका थिए । चलचित्रका निर्देशक ’मणिकर्णिक’बाट बाहिरी सकेका छन् । कंगनाको निर्देशकसँग झगडा परेको यो पहिलो पटक होइन । यसअघि पनि उनको ‘क्वीन’ निर्देशक विकास बहालसँग झगडा परेको थियो ।

१० भाद्र २०७५, आईतवार ०२:०१