क्षेत्रीको ‘चराको गीत’ लोकार्पण

आर्टिष्ट खबर/ भदौ, न्यूयोर्क ।

न्यू योर्कमा नेपाल सरकारका वाणिज्यदुत तथा साहित्यकार कृसु क्षेत्रीको कविता संग्रह ‘चराको गीत’  लोर्कापण गरिएको छ । उक्त कृति २५ अगस्टमा न्यू योर्क शहरको जेविस सेन्टर ज्याक्सन हाईट्समा महामहिम राजदूत डा. अर्जुनकुमार कार्कीको हातबाट लोकार्पण गरिएको हो । कार्यक्रम जर्सी सिटीका मेयरकी सल्लाहकार डा. विष्णुमाया परियारको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

समकालिन नेपाली साहित्यका प्रतिनिधी स्रष्टा कृसु क्षेत्रीले आफ्नो रचनाको आरोह अवरोहको गाथा र केही उम्दा कविताहरु वाचन गरेका थिए । बिलयन लेखनका प्रबर्तक साहित्यकार कृसु क्षेत्रीका अर्धमुदित आँखाहरु (गजल), बोधिसत्वको मृत्यूउत्सव (कविता), आगोको मुर्छना (विलयन काव्य), रगतको दरबार (विलयन काव्य), म्यानमामा नेपाली भाषा, साहित्य र संस्कृति, जापानमा नेपाली भाषा र साहित्य र चौध वर्षपछि (संयुक्त कविता) कृतिहरु प्रकाशित छन् । युवा वर्ष मोती पुरस्कार (२०६६), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८), गजलश्री सम्मान (२०६०), राष्ट्रिय कविता महोत्सव २०५७ (स्वर्ण पदक) , राष्ट्रिय युवा प्रतिभा पुरस्कार (२०७२), देबकोटा शताब्दी स्वर्ण पदक लगायत एक दर्जन साहित्यिक पुरस्कारहरुबाट सम्मानित छन् ।