मेरीबास्सैका कलाकार तीजगीतमा

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

चर्चित हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’का दुई कलाकार तीज गीतमा देखिएका छन् । ‘माईतीको भाईलाई’ बोलको गीतमा लेखान्त भुषाल उर्फ ‘घिरौँले’ र दिवाकर भण्डारी उर्फ ‘सापटी काका’ले अभिनय गरेका हुन् । भिडियोमा उनीहरु कमेडी शैलीमै प्रस्तुत भएका छन् ।

टेलिभिजन सिरियलसँगै केहि म्युजीक भिडियोका अफरलाई पनि स्विकार्दै भिडियोमा काम गर्ने गरेको कलाकार लेखान्तले बताए । उनले यसभन्दा अघिपनि केहि म्युजीक भिडियोमा अभिनय गरेका छन् ।

‘कसैले भिडियोमा कमेडी कलाकार चाहियो भने अफर गर्नुहुन्छ त्यसैले फाटफुट म्युजीक भिडियोमा पनि देखिने गरेको छु’ लेखान्तले आर्टिस खबरसँग कुरागर्दै भने । बिष्णु कार्की, दिवाकर भण्डारी र सिता क्षेत्रीको शब्द तथा स्वर रहेको गीतमा गायक भण्डारीकै संगीत छ । दिवाकर र लेखान्तको निर्देशनमा बनेको भिडियोलाई दीपक मन उदासले खिचेका हुन् भने उदास भिडियो मिक्सिङ सेन्टर पोखराले भिडियो सम्पादन गरेको हो । रामसार मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको पोखरामा छायांकन गरिएको हो ।