सैफ अली खानकी छोरी साराले गरिन् बुबासँग चलचित्रमा काम गर्न इन्कार

...

<pre><b>मुम्बई (एजेन्सी) ।</b></pre><p>बलिउड अभिनेता सैफ अली खानकी छोरी साराको पहिलो चलचित्र ‘केदारनाथ’ बिवादमा तानिएपछि प्रदर्शन हुने टुंगो छैन । उनी अहिले ‘सिम्बा’ चलचित्रको छायांकनमा ब्यस्त छिन् । रणवीर सिंहसँग स्क्रिनसेयर गरिरहेकी साराले यो चलचित्रपछि आफ्नै बुबा सैफसँग चलचित्रमा काम गर्ने चर्चा बलिउडमा चलेको थियो तर साराले आफ्नै बुबासँग चलचित्रमा काम गर्न इन्कार गरेको खबर बाहिर आएको छ ।</p><p>चलचित्रमा सारालाई सैफकै छोरी बन्न अफर गरिएको थियो । सैफले भने छोरीसँग एउटै चलचित्रमा काम गर्न राजी भएका थिए । तर छोरीले नै काम गर्न नमानेपछि उनी अचम्मीत बनेका छन् । अब उनले पनि यो फिल्म छोड्न सक्ने अनुमान गरिएको छ । छोरीकै लागि उनले यो चलचित्र खेल्ने सोंच&nbsp; बनाएका थिए । यो गत वर्ष प्रदर्शित फिल्म ‘हिन्दी मिडियम’ को सिक्वेल हो । यसको सुटिङ अर्को वर्ष लन्डनमा सुरु हुनेछ । साराले खेल्न नमानेपछि निर्देशक नयाँ हिरोइनको खोजीमा लागेका छन् ।</p><div><br></div>