नेपाल स्नेही काखको सहयोगार्थ श्री नेहा पोखरेलको ‘तीज आयो लै लै’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नेपाल स्नेही काखको संचालक श्री नेहा पोख्रेलको शब्द रहेको ‘तीज आयो लै लै’ बोलको तीज गीत सार्वजनिक भएको छ । चलचित्र पत्रकार संघ उपाध्यक्ष गीता अधिकारी, नेपाल स्नेही काखकी श्रीनेहा पोखरेल, निर्देशक विरेन्द्र भाट ‘विपिन’ले गीतलाई सार्वजनिक गरेका हुन् । ललितपुर कुसुन्तीमा रहेको नेपाल स्नेही काखमा गीतलाई सार्वजनिक गरिएको हो । कार्यक्रममा यो एल्बमबाट सङ्कलन भएको रकम संस्थामा जम्मा हुने श्रीनेहा पोखरेलले बताईन । यो पुनित कार्यका लागि सबैको साथ सहयोग मिल्ने अतिथिहरुले बताए ।

नेहाको शब्द रहेको गीतमा भुमिका पौडेलको स्वर रहेको छ । किरण चापागाईंको सङ्गीत रहेको गीतलाई विलन थापा मगरले सङ्गीत संयोजन गरेका छन् । केशवप्रसाद रिजालको निर्देशन रहेको गीतको भिडियोमा श्री नेहा पोखरेल, अमृता खनाल, इष्टु कार्की, रमिला पोखरेललगायतका कलाकारलाई फिचरिङ गरिएको छ । विरेन्द्र भाट ‘विपिन’को छायाँकनरसम्पादन रहेको भिडियोमा आर आर सिमखडाले कोरियोग्राफ गरेका हुन् ।

नेपाल स्नेही काखले मानसिक सन्तुलन राम्रो नभएका सडकमा भेटिएका व्यक्तिहरुलाई लगेर स्यार सुसार तथा संरक्षण गर्दै आएको छ । ८ बर्षदेखी सञ्चालन मा आएको  नेपाल स्नेही काखमा अहिले २१ जना महिला र ७ जना बालबालिका आश्रित छन् । सबैको जसको स्यार सुसार र औषधी उपचार संस्थाले गर्दै आएको छ ।

(भिडियो)