आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

चलचित्र ‘ब्याचलर बन्टी’को मुख्य नायिका फाइनल भएकी छिन् । अनमोल केसी नायक रहने भनिएको यो चलचित्रमा उकुशा गिरी नायिकामा फाइनल गरिएको चलचित्र निर्माण टिमले जानकारी दिएको छ । आउँदो असोजबाट छायांकनमा निस्किने यो चलचित्रको सम्पुर्ण छायांकन यूरोपमा हुनेछ । कमेडी तथा लभस्टोरी जनरा बोकेको भनिएको चलचित्रको आगामी फागुनलाई प्रद्रशन मिति तय गरिसकिएको छ ।

निर्देशक तथा निर्माता समेत रहेका मिलन चाम्स सँगै निर्माता सुदिप खड्का र उकुशाबीच मंगलबार मात्रै दुई पक्षित सम्झौता भएको थियो । सुदिप खड्का प्रोडक्सन र चाम्स इम्टरटेमेन्टको ब्यानरमा बन्ने यो चलचित्रमा अन्य कलाकारहरुको टुंगो भइसकेको छैन ।

को हुन् उकुशा गिरी ?

५ फिट ६ इन्च रहेकी १९ बर्षिय उकुशा मिस एशिया २०१७ की बिजेता हुन् । काठमाडौं बानेश्वर निवासी उकुशा थुप्रै र्याम्प शो, पेपर एड तथा टिभिएस विज्ञापनमा आफ्नो उपस्थिती जनाइसकेकी छिन् । उनले यो भन्दा अघि कुनैपनि चलचित्रमा काम गरेकी छैनिन् ।

१९ भाद्र २०७५, मंगलवार ०९:३७