‘इन्टु मिन्टु लण्डनमा’को तेश्रो गीतमा साम्राज्ञी र साहरुख

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को अर्को गीत सार्वजनिक गरिएको छ । कोरियोग्राफर रेनशा वान्तवा राइको डेब्यु निर्देशनमा बनेको यो चलचित्रको तेश्रो गीत स्वरुप ‘जुरायो’ बोलको गीत सार्वजनिक गरिएको हो ।

लण्डनमा खिचिएको यस गीतको भिडियो मेकिङ उत्कृष्ट देखिन्छ । भिडियोलाई लिएर हेरु हेरु लाग्ने यो गीतमा राजेश पाएल राई र मेलिना राईको स्वर रहेको छ भने बसन्त सापकोटाको शब्द तथा संगीत छ । भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सारुक ताम्राकारलाई फिचरिङ गरिएको छ । भिडियोमा विक्रम लामा र एन्जिला खत्रीले कोरियोग्राफी गरेका हुन् ।

बुधबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतबारे उपस्थित भएकी निर्देशक रेनशाले आफ्नो मेहनतको फल अहिलेसम्म मिठो पाउँदै गरेको र चलचित्र प्रदर्शन पछिको फल स्वरुप दर्शकको प्रतिक्रियाको पर्खाईमा रहेको बताइन् । उनले थुप्रै गीतको भिडियोहरुमा कोरियोग्राफि गर्दाको अनुभव चलचित्रमा लगाएकी छिन् । प्रभु शमशेर राणा र प्रज्वल शमशेर जबराले यो चलचित्रको निर्माण गरेका हुन् । चलचित्रले उत्कृष्ट व्यापार गर्ने अड्कल हुन थालेको छ । आउँदो असोज ५ गतेबाट यो चलचित्र प्रदर्शन हुने तयारीमा छ ।

video: