आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

गायक रामकृष्ण ढकालको म्युजिक भिडियो अमेरिकाको न्यूजर्सीको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रतियोगितामा चयन भएको छ । ‘अचेल पाइलै पिच्छे’ बोलको गीत अमेरिका स्थित न्यूजर्सीमा आयोजना भइराखेको गोल्डेन डोर इन्टरनेशनल फिल्म फेस्टिवल अफ जर्सी सिटि नामक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चयन भएको हो । यो चयनले हाल अमेरिका क्यानडामा सांगीतिक भ्रमणमा रहेका रामकृष्ण ढकाललाई सांगीतिक यात्रामा अर्को खुशी थपिएको छ ।

यस प्रतियोगितामा रामकृष्णको उक्त गीतसँगै झन्नै १०० मुलुकका म्युजिक भिडियोहरु छानिएका छन् । नेपालबाट उक्त एकमात्र म्युजिक भिडियो चयनमा परेको हो । हालै साझा प्रकाशनबाट ‘चराको गीत’ नामक चर्चित कविता संग्रह प्रकाशन गरेका साहित्यकार कृसु क्षेत्रीको पुरानो गजललाई आधुनिक संगीतको स्वादमा तयार गरिएको यो गीत गायक तथा संगीतकार हिमाल सागरको रचनामा तयार भएको थियो भने उक्त म्युजिक भिडियोको निर्देशन युवा निर्देशक बिक्की पुलामी खडगले गरेका छन् । आगामी २० सेप्टेम्बर देखि २३ सेप्टेम्बर सम्म चल्ने यो प्रतियोगितामा रामकृष्ण ढकालको गीत सम्मानित भएमा अन्तर्राष्ट्रिय सम्मान पाउने पहिलो नेपाली म्युजिक भिडियो समेत हुने छ ।

२२ भाद्र २०७५, शुक्रबार ०३:४२