<pre style="text-align: justify; "><b>नवराज अधिकारी/ भदौ, नवलपुर । </b></pre><p style="text-align: justify; ">मध्यनेपालको प्रदेश ४मा पर्ने नवलपुर जिल्लाको कावासोतीमा रहेको एकमात्र हल गणपती हलमा चलचित्र ‘रोज’ले पकड जमाएको छ । नायक प्रदीप खड्काको क्रेजलाई मध्यनजर गर्दै हलले ‘रोज’लाई शो दिएको हो । आज ९शुक्रबार० बाट प्रदर्शनमा आएको यो चलचित्रले गणपतीमा पनि राम्रो दर्शक कमाएको छ । </p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/14d9a5b3923e40442a8bfe81d31b87421536321984.jpg" style="width: 1024px;"><br></p><p style="text-align: justify; ">हल सञ्चालकका अनुसार बिहानी शोमा दर्शकको राम्रो साथ थियो । यस्तै बिहानको तुलनामा दिउसो दर्शक अझै बढेका थिए । गणपती नवलपुरको केन्द्र कावासोतीमा रहेको एकमात्र हल हो । चलचित्रमा प्रदीप खड्का, मिरुना मगर, परमिता आरएल राणाको मुख्य भूमिका रहेको छ । उद्धव पौडेलको प्रस्तुतीमा बनेको यो चलचित्र निरक पौडेलले निर्देशन गरेका हुन् ।</p>