एजेन्सी ।

क्यालिफोर्निया स्थित घर भएका अमेरिकी र्यापर माल्कम जेम्स म्याकोर्मिक (म्याक मिलर) घरमै मृत अवस्थामा फेला परेका छन् । लागुऔषधको ओभरडोजका कारण २६ वर्षका मिलरको निधन भएको अमेरिकी सञ्चारमाध्यमले बताएका छन् । मिलर आफूले लागुऔषध लिने गरेको खुला रुपमा बताउने गरेका थिए । मिलरले सन् २०११ मा पहिलो एल्बम निकालेका थिए । पहिलो एल्बम नै अमेरिकी चार्टको पहिलो स्थानमा पुगेपछि विश्व चर्चित उनी बनेका थिए । उनको यो वर्ष भने विश्व भ्रमणमा निस्कने तयारी थियो ।

उनले यहि बर्षको सरुमा आफ्नो पछिल्लो एल्बम स्विमिङ्ग बजारमा ल्याएका थिए । पेन्सिलभेनियामा जन्मिएका मिलरले सानै उमेरदेखि संगीतमा काम गरेका हुन् । उनले १५ वर्षको हुँदा नै इजेड म्याकको नाममा पहिलो मिक्सटेप रिलिज गरेका थिए । उनले सन् २०१३ मा एमटिभीको रियालिटी शो पनि गरे ।मिलरको प्रेमिका (गायिका) एसिएना ग्राण्डेसँग ब्रेकअप भएको थियो ।

मिलर र ग्राण्डेको सन् २०१२ मा भेट भएको थियो र उनीहरुले धेरै गीतमा सहकार्य गरे । यस्तै सन् २०१७ मा वन लभ म्यानचेस्टर कन्सर्टमा संयुक्त रुपमा प्रस्तुति दिएका थिए । गएको मे मा लागुऔषध खाएर गाडी चलाएको तथा ठक्कर दिएर भागेको आरोपमा मिलरमाथि गएको महिना मुद्दा दर्ता भएको थियो । मिलरका फ्यानले ग्राण्डेले मिलरलाई पक्राउ गराउन भूमिका खेलेको आरोप लगाएका थिए । त्यसपछि उनले सम्बन्धका बारेमा बोलेकी थिइन् ।

२३ भाद्र २०७५, शनिबार ०३:०२