चितवनमा पहिलोपटक स्टयाण्ड–अप कमेडी

आर्टिष्ट खबर/ भदौ, चितवन ।

राजधानीमा स्टयाण्ड–अप कमेडी शो गर्दै आएको नेप–ग्याजम टिमले अब राजधानी बाहिरपनि आफ्नो प्रस्तुती देखाउने भएको छ । सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँग आबद्ध यूटयूब च्यानल टिम नेप–ग्याजम यही भदौ ३० गते शनिबारको दिन चितवन भाटभटेनी कमप्लेक्स, भरतपूर हाईट स्थित फूड कोर्टमा लाइभ स्टयाण्ड–अप कमेडी शो देखाउन लागेको हो । कार्यक्रमको आयोजना भने नेपाल डायरीजले गर्ने छ ।

नेप–ग्याजम टिमले राजधानिको विभिन्न रेष्टुरेन्टमा लाइभ शो गर्नुको साथै राजधानिको रगंमञ्चमै पहिलो पल्ट कमेडी शो गरेको थियो । उपत्यकामा सिजन १, २ र ३ को अपार सफलता पछिको यो चौथो सिजनमा छ जना हाँस्य कलाकारहरु बिक्रम घिमिरे, लेखमणी त्रिताल, डोरेश खतिवडा, योजना थापा मगर, सरोज भण्डारी साथै गेस्ट आरटिस्टमा कलाकार रोशन सुवेदीले आफ्ना दमादार प्रस्तुतीहरु दिने तयारी रहेको छ ।