आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

चलचित्र ‘बुलबुल’को सुटिङ २५ दिनमा सकिएको छ । साउनको अन्तिम हप्ताबाट फ्लोरमा गएको चलचित्र निर्धारित समयभन्दा अगाडि नै सकिएको निर्माण टिमले जानकारी गराएको छ । निर्देशक बिनोद पौडेलले एउटा गीतको काम बाँकी राखेर चलचित्रको काम सकाएको बताए ।

‘आउटडोरमा सेट नै लगाएर खिच्न पर्ने गीत छ । मौसम अझै सफा भइसकेको छैन । त्यही कारणले त्यो गीत दसैंतिहारको बीचमा खिच्ने गरी अहिलेलाई प्याकअप गरेका हौं ,’पौडेलले भने । ‘साँघुरो’का लेखक पौडेलको फिचर चलचित्रमा यो डेब्यु निर्देशन हो । चलचित्र लाउन सिकेकी थिइन् । चलचित्रमा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पोचालक साथीको भूमिका निर्वाह गरेकी छिन् ।

सुटिङ पूराभएसँगै चलचिले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । निर्माता अबिरल थापाले फिल्म भ्यालेन्टाइन डेको अवसरमा प्रर्दशन हुने जानकारी गराए । ‘ नेपाली मिति अनुसार फागुन ३ गते चलचित्र प्रर्दशन गर्ने निर्णय गरेका छौं,‘थापाले भने, ‘ डायस्पोराका केही देशमा प्रिमियर गरेर बल्ल प्रर्दशन गर्ने सोच अनुरुप फागुनको समय राखेका हौं ।’

चलचित्र बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई बिनोद पौडेलले लेखेका हुन् । चलचित्रमा कोशिश क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर सुन्न सकिन्छ ।

२५ भाद्र २०७५, सोमबार ०६:००