रेखाका लागी ‘महानायक’ भुवन केसी

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नायक भुवन केसी र नायिका रेखा थापा ‘साथी म तिम्रो, ‘दुनियाँ’ लगायतका हिट फिल्ममा सँगै काम गरेको जोडी हो । कुनै समय दर्शकले निकै रुचाएको यो जोडीको सम्बन्ध अहिले भने पानी बाराबारकै थियो । तर आइतबार साँझ चलचित्र ‘रामकहानी’को प्रेस शोमा भेटिएका भुवन र रेखाको सम्बन्ध गज्जबको भेटियो ।

भुवनका छोरा अनमोललाई नायिका रेखाले एक,दुई हिट फिल्म दिँदैमा ‘मेघास्टार’ भनिएको भन्दै आपत्ति जनाएकी थिइन् । त्यसपछि भुवन रेखाप्रति निकै रुष्ट भएका थिए ।  रेखाले आफूले लगातार १५ वर्षदेखि हिट चलचित्र दिँदा पनि ‘महानायिका’ र ‘मेघास्टार’ नभनेकोमा मिडियाप्रति रेखाले दुखेसो पोखेकी थिइन् ।

सोमबार भने सञ्चारकर्मिका बिच भुवन र रेखाले कुनै रुष्ट स्वभाव देखाएनन् । तपाईहरु बिच मनमुटाव थियो नि हैन भन्ने प्रश्नमा उल्टै रेखाले मिडियालाई दोष लगाइन् । रेखाले भुवन आफ्ना लागी सधैं महानायक भएको बताइन् । साथै आफूहरु सधैं साथी रहेको भुवनको तर्क थियो । ‘हामी सधे. बेष्ट फ्रेण्ड हौं’ भुवनले भने । यी दुई अंकमाल गर्दै मिडियाका अगाडी मज्जैले खुलेका थिए ।