कामना फिल्म अवार्डस् २०७५ , उत्कृष्ट ५ सार्वजनिक

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

सिजी कामना फिल्म अवार्ड्सको चौथो संस्करणअन्र्तगतको उत्कृष्ट पाँचको मनोनयन सूचि सार्वजनिक गरिएको छ ।  ३१ विधामा प्रदान गरिने चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ अन्र्तगत सर्वोत्कृष्ट चलचित्र विधामा ब्लाइन्ड रक्स, घामपानी, कृ, लीली बीली र शत्रु गते मनोयनमा परेका छन् भने निर्देशकमा चलचित्र छक्का पञ्जा २ बाट दीपाश्री निरौला, लिली बिलीबाट मिलन चाम्स, मंगलमबाट नवल नेपाल, शत्रु गतेबाट प्रदीप भट्टराई र कृबाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन् । त्यसै गरी अभिनेतामा छक्का पञ्जाबाट दीपकराज गिरी, घामपानीबाट दयाहाङ राई, भ्mयानाकुटीबाट सौगात मल्ल, कृबाट अनमोल केसी, लिली बिलीबाट प्रदीप खड्का र मंगलमबाट पुष्प खड्का मनोनयमा छन् भने अभिनेत्रीतर्पm ब्लाइन्ड रक्सबाट बेनिषा हमाल, शेरबहादुरबाट मेनुका प्रधान, पञ्चायतबाट नीता ढुंगाना, शत्रु गतेबाट प्रियंका कार्की, पिंजडा व्याक अगेनबाट सारा सिरपाली र मंगलमबाट शिल्पा पोखरेल मनोनयमा परेका छन् ।

मनोयनमा सूचिमा छक्का पञ्जा २ सर्वाधिक धेरै १५ विधाको मनोनयनमा परेको छ । दीपाश्री निरौलाको निर्देशनमा बनेको छक्का पञ्जा २ निर्देशक, अभिनेता, हास्य कलाकार, सहअभिनेता, सहअभिनेत्री, नव अभिनेता, पटकथा, संवाद, छायांकन, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द निर्देशन र श्रृंगारको लागि मनोयनमा परेको छ । यो चलचित्रबाट हास्य कलाकार विधामा २ कलाकार केदार घिमिरे र जयनन्द लामा मनोनयमा परेका छन् । छक्का पञ्जा २ लाई पछयाउँदै ‘कृ’ १३ र ‘ए मेरो हजुर २’ एघार विधाको मनोयनमा परेका छन् । कृ सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, खलपात्र, सहअभिनेत्री, नव अभिनेत्री, बालकलाकार, छायांकार, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द निर्देशन र श्रृंगार विधाको मनोनयनमा परेको छ भने ए मेरो हजुर २ नव निर्देशक, नव अभिनेता, सहअभिनेता, बालकलाकार, छायांकन, ध्वनि मिश्रण, सम्पादन, पाश्र्वसंगीत, गीतकार, संगीतकार र नृत्य निर्देशकका लागि मनोनयमा परेको छ । त्यसैगरी लिलीबिली १० विधाको मनोनयमा परेको छ । चलचित्र पञ्चायत, दुई रुपियाँ र ग्याङस्टार ब्लुज ४÷४ विधाको मनोयनमा परेका छन् । अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ । त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ ।