आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नेपाली चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ को अमेरिकाको न्यूयोर्कमा रेड कार्पेट प्रिमियर गरिएको छ । बिदेशमा बस्ने नेपालीहरूको कथामा आधारित यो चलचित्रको न्यूयोर्क प्रिमियरबाट निकै राम्रो प्रतिक्रिया मिलेको चलचित्रका निदेृशक इश्वर थापाले जानकारी दिएका छन् ।

प्रिमियरमा विशेष अतिथिका रुपमा निम्त्याइएका नेपाल सरकारका वाणिज्यदूत कृषु क्षेत्रीले चलचित्रले अमेरिकामा रहेका नेपालीहरुको यथार्थ चित्रण गरेको टिप्पणी गरे । चलचित्र अमेरिकामा बस्ने नेपालीहरूले भोगेका बास्तबिक गतिबिधिहरूलाई कथामा समेटेर बनाईएको छ । अमेरिका लगायत बिदेशमा बस्ने नेपालीहरूको बास्तबिकतामा आधारित भएकोले न्यूयोर्कमा भएको पहिलो प्रिमियर शो मा दर्शकहरूले चलचित्र प्रति सन्तुष्ट भै उत्कृष्ठ भएको प्रतिकृया दिएका छन् । यस चलचित्रमा प्रायः अमेरिकामै बसोबास गरिरहेका कलाकारहरूको अभिनय रहेको छ । सेप्टेम्बर ९ तारिख आईतबार एक समारोह पश्चात आयोजना गरिएको प्रिमियर शो मा न्यूयार्कमा बस्ने नेपालीहरुको खचाखच उपस्थिति रहेको थियो ।

चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, क्रिश थापा, ईशान ढकाल, प्रवेश उप्रेती, राजेश गुरुङ, नदिया लिबाङ स्मृति पोखरेल, जाङबु शेर्पा,प्रियंका एर पुष्कर बराल लगायतका कलाकारहरुको अभिनय रहेको छ भने पटकथा संबाद लेखन क्यानडा निवासी सुरेन्द्र नकर्मिले गरेका छन् । क्यानाडा वासी इश्वर थापा ले सम्पादन तथा निर्देशन गरेका छन् ।

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि. का लागि चलचित्रको निर्मातामा राजेश गुरुङ, मञ्जु रानामगर, सम्झना उप्रेती रहेका छन् । चलचित्रका गीतमा ओम कर्माचार्य र बाबु बोगटीको संगीत रहेको छ । त्यसैगरी जगदिश समाल मगर, बाबु बोगटी, अन्जना गुरूंग, सविता स्रेष्ठ र मिलन अमात्यको स्वर रहेकोछ । डाईरेक्टर अफ सिनेमाटोग्राफिमा शम्भु मोक्तान रहेका छन् । चलचित्र तिन महिना पछि नेपालमा प्रदर्शन गरिने बताइएको छ ।