जापानमा हुने सुर्य ईन्टरनेशनल अवार्डः बसुन्धरालाई लाईफटाईम, भुवनलाई सम्मान

आटिष्ट खबर/ भदौ, काठमाडौं ।

यहि आउँदो आइतबार जापानको टोकियोमा नेपाली चलचित्र तथा चलचित्रसँग सम्बन्धित श्रृष्टाहरुलाई ‘सुर्य ईन्टरनेशनल अवार्ड–२०१८’ प्रदान गरिदै छ । यस्तै आयोजक सुर्य कर्पोरेशनले नेपाली चलचित्र क्षेत्रमा निरन्तर लाग्दै आईरहेका ४ जना कलाकार तथा पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरेको छ । जसमा नाम समेत सार्वजनिक गरिएको छ ।

अवार्ड  समारोहमा ३ दशक भन्दा पनि बढि समय चलचित्र क्षेत्रमा निरन्तर क्रियाशिल रहेकी बरिष्ठ चलचित्रकर्मी तथा नेपालको पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई सुर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८ बाट सम्मान गर्न लागिएको हो । यस्तै तीनदशक देखी लगातार चलचित्र क्षेत्रमा क्रियाशिल रहँदै चलचित्र क्षेत्रलाई योगदान पु¥याएका नायक भुवन केसीलाई सुर्य कलाकारिता सम्मान–२०१८ बाट सम्मानगर्न लागिएको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।

यस्तै देढ दशक देखी निरन्तर चलचित्र पत्रकारितामा कलम चलाउँदै समग्र चलचित्र क्षेत्रको परिवर्तन विकासको लागि लागि रहेका पत्रकार समिप्यराज तिमल्सेनालाई सुर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८ बाट पुरस्कृत गर्न लागिएको हो । एक दशकभन्दा लामो समय देखी क्यामराको माध्यमबाट नेपाली चलचित्र क्षेत्रको वास्तविकतालाई प्रस्तुत गर्दै आएका फोटो पत्रकार श्रीधर पौडेललाई सुर्य फोटो पत्रकारिता पुरस्कार–२०१८ बाट पुरस्कृत गर्न लागिएको हो ।

ससमारोहमा चलचित्रको ६ विधा र गायनका ६ विधागरि १२ विधामा अवार्ड वितरण गरिनेछ । पर्यटन प्रवद्र्धन, कला संस्कृतिको संरक्षण र जापानमा निरन्तर नेपाली चलचित्र प्रदर्शनलाई प्रभावकारी बनाउन सुर्य ईन्टरनेशनल अवार्ड आयोजना गर्न लागिएको बासुदेव लामिछानेले बताएका हुन् । अवार्ड समारोहमा साँस्कृतिक प्रस्तुतीहरु सहितको भव्य कार्यक्रम पनि हुनेछ । जसको लागि नेपालबाट शुक्रवार ४ दर्जन बढि कलाकारहरु जापान लाग्दैछन् । समारोहमा चलचित्रको ६ विधा र गायनका ६ विधागरि १२ विधामा अवार्ड वितरण गरिनेछ ।