कलाकारको जम्बो टोली सुर्य अवार्डका लागी जापान लागे

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

यहि आउँदो आइतबार (भदौ ३१) गते जापानको टोक्योमा पहिलो पटक आयोजना हुने ‘सुर्य इन्टरनेशनल अवार्ड २०१८’का लागी नेपालबाट कलाकारको जम्बो टोली जापान तर्फ प्रस्थान गरेको छ । नेपालको त्रिभुवन बिमानस्थलबाट शुक्रबार दिउसो १ बजे दुई दर्जन बढी कलाकारहरु जापान तर्फ प्रस्थान गरेका हुन् ।

अभिनेत्री बसुन्धरा भुसाल, अभिनेता भुवन केसी, प्रशान्त ताम्राकार, पल शाह, सुशान्त कार्की, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, आँचल शर्मा, पुजा शर्मा, शिल्पा पोखरेल, बर्षा राउत हाँस्य कलाकार जितु नेपाल, सन्दिप क्षेत्री, निर्देशक सुदर्शन थापा, ऋषि लमिछाने, प्रदीप भट्टराई, गायिका एञ्जिला रेग्मी, बितरक गोपाल काजि कायस्थ, कलाकार सरिता लामिछाने, पत्रकार सामिप्यराज तिमल्सेना, नरेश भट्टराई, समिर बलामी, दिनेश सिटौला लगायतको जम्बो टोली जापान तर्फ लागेका छन् ।

समारोहमा चलचित्रको ६ विधा र गायनका ६ विधागरि १२ विधामा अवार्ड वितरण गरिनेछ । पर्यटन प्रवद्र्धन, कला संस्कृतिको संरक्षण र जापानमा निरन्तर नेपाली चलचित्र प्रदर्शनलाई प्रभावकारी बनाउन सुर्य ईन्टरनेशनल अवार्ड आयोजना गर्न लागिएको बासुदेव लामिछानेले बताएका हुन् । अवार्ड समारोहमा साँस्कृतिक प्रस्तुतीहरु सहितको भव्य कार्यक्रम पनि हुनेछ ।