जापानमा ‘सुर्य इन्टरनेशनल अवार्ड’ सम्पन्नः ‘म यस्तो गीत गाउँछु’ उत्कृष्ट फिल्म

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

जापानमा पहिलो पटक नेपाली चलचित्र तथा गीतसंगीतसँग सम्बन्धित अवार्ड सम्पन्न भएको छ । टोक्योमा आइतबार सम्पन्न पहिलो सुर्य इन्टरनेशनल अवार्डमा चलचित्र  ‘म यस्तो गीत गाउँछु’ उत्कृष्ट चलचित्र बन्न सफल भयो । यसै चलचित्रबाट निर्देशक सुदर्शन थापा, नायक पल शाह र नायिका पूजा शर्माले अवार्ड उचाले । सुदर्शन, पल र पूजा आइतबार आयोजित अवार्डमा उपस्थित थिए ।

यस्तै पपुलर चलचित्रको अवार्डमा ‘छक्का पञ्जा २’ पर्न सफल भयो भने पपुलर निर्देशकमा प्रदीप भट्टराई घोषित भए । अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहले पपुलर नायक र नायिकाको अवार्ड पाए । अनमोलको अनुपस्थितिमा पिता भुवन केसीले अवार्ड ग्रहण गरे । अवार्डमा समारोहमा साम्राज्ञी उपस्थित थिइन् ।

यस्तै फिल्म ऐश्वर्य बाट प्रशान्त ताम्राकारले सह अभिनेताको अवार्ड पाएका छन् भने छक्का पञ्जा २ बाट बर्षा राउतले सह अभिनेत्रीको अवार्ड पाइन् । आधुनिक गायकतर्फ राजेश पायल राई र आधुनिक गायिकामा मेलिना राईले अवार्ड पाए । पप गायक कमल खत्री र गायिका ईन्दिरा जोशीले अवार्ड पाउँदा लोकतर्फ गायक रामजी खाँड र गायिका सम्झना मगरले अवार्ड पाए ।

अवार्ड समारोहमा नेपालको पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई सुर्य लाईफटाईम एचिभमेन्ट अवार्ड र सदावहार नायक भुवन केसीलाई सुर्य कलाकारिता सम्मान प्रदान गरियो । पत्रकार समिप्यराज तिमल्सेनालाई सुर्य चलचित्र पत्रकारिता पुरस्कार र फोटो पत्रकार श्रीधर पौडेललाई सुर्य फोटो पत्रकारिता पुरस्कार दिइयो ।