करोडौं खर्च गरिएको शोमा ड्रेस कन्जुस्याई हुँदैनः प्रमोद खरेल

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

यतिखेर नेपालमा इन्टरनेशलस्तरको दुई गायन रियालिटी शो प्रसारण भइरहेका छन् । ‘नेपाल आइडल’ र ‘द भ्वाइस अफ नेपाल’ नाम दिइएका यी दुबै रियालिटी शोले गायन बिधालाई प्रतिनिधित्व गर्छन् । गएको बर्षबाट शुरु भएको ‘नेपाल आइडल’ले पहिलो बर्ष खुबै चर्चा कमायो । बिजेताहरुपनि अहिले वर्ड टुर गरिरहेका छन् । यस्तै ‘नेपाल आइडल’ले दोस्रो सिजनमा पनि राम्रै चर्चा कमाइरहेको छ । साथै यो बर्ष अर्को गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चर्चा अझ बढी छ । शो को फर्मेट, कोच र प्रतिस्पर्धिहरुका कारण यो शो अझ बढी चर्चामा छ ।

कोचहरुको एउटै ड्रेस किन ?

अहिले ‘द भ्वाइस अफ नेपाल’को ब्लाइन्ड अडिसन चलिरहँदा तीन कोच दिप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेलले एउटै ड्रेस लगाएको चर्चा निकै छ । करोडौं खर्च गरेर बनाइएको यो शोमा कोचहरुले के खर्चमा कन्जुस्याई गरेकी हुन् भन्ने प्रश्न धेरेको मनमा उब्जिएको छ । यो बिषयमा प्रमोद खरेलले प्रष्ट पारेका छन् । सोमबार राजधानीमा आयोजीक एक अवार्ड समारोहमा सहभागी भएका प्रमोदले  ‘द भ्वाइस अफ नेपाल’को फर्मेटमै एउटै ड्रेस लगाउनुपर्ने बताए । ‘धेरैलाई यो बिषयले कन्फ्युज बनायो होला, द भ्वाइसको फर्मेट नै यस्तै छ कि एउटै ड्रेस लगाउनु पर्छ’ प्रमोदले भने । यस्तै उनले अर्को राउण्डमा गएपछि ड्रेस परिवर्तन हुने बताए । ‘अहिले ब्लाइण्ड अडिसनमा छौं, अर्को राउण्डमा गएपछि ड्रैस परिवर्तन हुन्छ र पछि लाइभमा दिनै पिच्छे फरक हुन्छ, करोडौं लगानीमा बनेको शोमा ड्रेसका लागी कन्जुस्याई गर्ने कुरै भएननी’ प्रमोदले प्रष्ट पारे । प्रमोदले नेपालमा द भ्वाइस जस्तो शो नेपालीले यसअघि नहेरेको भएर पनि धेरैलाई नौलो लागेको बताए ।