इमेज अवार्डका उत्कृष्ट ५ सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपालकै सांगीतिक बृतको ठूलो अवार्डको रुपमा रहेको ‘इमेज अवार्ड’को २० औं संस्करणका लागी उत्कृष्ट पाँच नोमिनिज सार्वजनिक गरिएको छ । बिगतका बर्षहरुमा झैं यसबर्ष पनि गीत, संगीत, रचना लगायत म्यूजिक भिडियो र पब्लिक च्वाइस अवार्ड समुह गरि जम्मा १८ बिधाका उत्कृष्ट र ५–५ मनोनयन सार्वजनिक गरिएको हो । यसपटक २०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीत र म्यूजिक भिडियोलाई मनोनयमा समावेश गरिएको आयोजक इमेज च्यानलले जानकारी दिएको छ । १७ बिधाका मनोनयनहरुलाई नेपाली सांगीतिक क्षेत्रका विज्ञहरुबाट मुल्यांकन गरिउको र सोही ५ मध्येबाट उत्कृष्ट चयनको लागि प्राविधिक मत (टेक्निकल भोट) संगीत क्षेत्रका विज्ञहरुबाटनै लिइने बताइएको छ ।

यसपटक गीतसंगीत क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने वरिष्ठ संगीतकार प्रकाश गुरुङ लाई ‘इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिने बताइयो । यस्तै उर्जा क्षेत्रमा बिशिष्ट योगदान पु¥याई आएका नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई यसपालि ‘पर्सनालिटी अफ द इयर’ बिशेष सम्मान प्रदान गर्न लागिएको जानकारी गराइयो । अवार्ड समारोह यहि असोज २० गते शनिबारका दिन सोल्टी होटलमा आयोजना गरिने छ ।

यसबर्ष पुरुष तर्फ सर्वोत्कृष्ट गायकमा आँशुको अर्थबाट शिव परियार, कुसुमबाट हेमन्त शर्मा, जाऊ तिमीबाट कर्मा ग्याल्जेन बोमजन, मधुर मिलनबाट सत्यराज आचार्य र जून ताराकोबाट अजर जंगम पर्न सफल भएका छन् । यस्तै महिलातर्फ म आगो बोकेरबोलको गीतबाट बानिका प्रधान, नरोऊ तिमीबाट निखिता थापा, पखेटाबाट प्रविशा अधिकारी, तिम्रै नाँउमाबाट निशा देशार, वन फुलबाट दुर्गा परियार परेका छन् । यस्तै उत्कृष्ट म्युजीक भिडियोमा ‘तारा बाजी लैलै, को होला त्यो, छटपटी, तिमीलाई छुट्टै र मन मगन’ परेका छन् ।