सुनिलको स्क्रिष्ट उत्कृष्ट, जिते ३ लाख

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

सुनील गुरुङ नेपाली सिनेमा स्क्रिप्ट राइटिङ कम्पिटिसन–३ मा प्रथम भएका छन् । माओबादी युद्धकालमा आर्मी बन्न चाहने युवक र नर्सिङ पेशा रोज्ने युवतीबीचको प्रेमकथामा लेखिएको ‘द गिफ्ट’ नामक स्क्रिप्टले उपाधिसँगै नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

ग्रिन हिल्स इन्टरटेन्मेन्ट र न्यू नेपाली सिनेमाले मंगलबार राजधानीको उडल्याण्डस् होटेलमा पत्रकार सम्मेलन आयोजना गरि स्क्रिप्ट राइटिङ कम्पीटसनका बिजेता घोषणा गरेको हो । कार्यक्रममा फिल्म निर्माता छविराज ओझा, माधव वाग्ले तथा आयोजक संस्थाका प्रमुख मनोजले विजेता सुनीललाई पुरस्कार रकमको चेक प्रदान गरेका थिए ।

अष्ट्रेलिया निवासी फिल्म निर्माता तथा निर्देशक मनोज अधिकारीको अगुवाईमा सन् २०१२ बाट सुरु भएको स्क्रिप्ट राइटिङ कम्पीटसनको तेश्रो संस्करणमा बिभिन्न माध्यमबाट प्रतिस्पर्धाका लागि १ सय ५० वटा स्क्रिप्ट प्राप्त भएकोमा उत्कृष्ट ३० छानीएको थियो । जसमध्येबाट सुनीलको ‘द गिफ्ट’ सहित रियाज नतकारको ‘मी र म’ र विपिन भुषालको ‘अड वान आउट’ उत्कृष्ट तीनमा परेका हुन् ।

नेपाली फिल्मको स्क्रिप्ट बलियो नहुने गुनासो र यथार्थतालाई मनन गरि प्रतियोगीता आयोजना गरिएको अधिकारीले बताए । उनले अघिल्ला प्रतियोगीतामा उत्कृष्ट ठहरिएका स्क्रिप्टमा ऋतु र दोष फिल्म बनीसकेको उल्लेख गर्दै ‘दि गिफ्ट’ पनि छिट्टै फिल्मका रुपमा दर्शकमाझ आउने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा फिल्म निर्माता छबिराज ओझाले अहिले नेपाली फिल्म निर्माणको धार, शैली र प्रबिधि बदलिसकेकाले स्क्रिप्टमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले फिल्मको मुख्य प्राण नै स्क्रिप्ट भएकाले नयां पुस्ताका स्क्रिप्ट राइटरले उद्योगमा योगदान दिन सक्ने औल्याए । त्यसैगरी, अर्का निर्माता माधव वाग्लेले पनि फिल्मको मेरुदण्ड भनेकै स्क्रिप्ट भएको उल्लेख गर्दै प्रतियोगीताबाट स्क्रिप्ट छनौट गर्नु निकै सान्दर्भीक कुरा भएको बताए । उनले स्क्रिप्ट राईटिङ कम्पीटसन आयोजकले चलचित्र बिकास बोर्डले गर्नू पर्ने काम गरेको भन्दै प्रसंसा गरे । त्यसैगरी, निर्देशक दीपेन्द्र के खनालले पनि नयां पुस्तामा नेपाली फिल्म लेखन,निर्माणमा अभिरुची बढ्नु खुशीको कुरा भएको बताउदै बिजेतालाई बधाइ दिए ।

बिजेता सुनीलले स्क्रिप्ट लेखन प्रतियोगीतामा प्रथम हुदा आफूले जिन्दगीकै सबैभन्दा ठूलो खुशी पाएको महसुस गरेको बताए । भावुक हुदै उनले पुरस्कारले आफूलाई फिल्म लेखनमा ठूलो हौसला र प्रेरणा प्रदान गरेको बताए ।