आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

बेलायतका लागि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर क्षेत्री, दुबसुले लेखेको गीति एल्बम ‘म जस्तै तिमी पनि’ सार्वजनिक गरिएको छ । गायिका सीतु खरेलको स्वरमा रहेको यो एल्बम सुमन खरेल र एल्बमका संगीतकर्मीहरुले बुधबार राजधानीमा एक कार्यक्रममा बिच लोकार्पण गरे । एल्बममा ६ गीत समावेश छ ।

गीतहरुमा प्रभुराज ढकाल, हरि लम्साल, न्हु बज्राचार्य, चन्डीप्रसाद काफ्ले, कर्ण दासको संगीत छ । विन्दाबासिनी म्यूजिकको प्रस्तुति रहेको ‘मजस्तै तिमी पनि’को शीर्ष गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । शरण पंगेनी र रुपा कंडेल फिचर्ड म्युजिक भिडियो निर्देशन काजी श्रेष्ठले गरेका हुन् । अजय रेग्मीले खिचेको भिडियोमा सम्पादन दीपक विष्टको छ । २० वर्ष लामो संगीत यात्राको अनुभव साट्दै सितुले भनिन्, ‘योपटक अझ सिकेर परिपक्व भएर गीत ल्याएकी छु । पहिलोपटक पाँच महिना समय दिएर एल्बम तयार गरें ।’ सीतुका स्मारिका, परी, सिम्रिक, सीतु, बताससँगै, निर्माण लगायत एल्बम सार्वजनिक छन् ।

सीतुले एल्बमबाट संकलित मुनाफा अशक्तहरुको लागि काम गर्दै आएको संस्था मानव सेवा आश्रमलाई दिने जानकारी दिइन् । ६ वर्ष अघि स्थापित संस्थाको १२ जिल्लामा शाखा छन् जसले २००० बढी सडक बालबालिक, बलात्कार पीडित, मानसिक बिरामी लगायतको उद्धार गरिसकेको छ ।

४ आश्विन २०७५, बिहीबार ०५:५२