आर्टिष्ट खबर/ असोज, काठमाडौँ ।

नेपाल मोडलिङ संघको आयोजनामा समाजका विभिन्न क्षेत्रमा सेवा गर्दै आएका व्यक्तिलाई सम्मान गरिएको छ । ‘नेपाल आमा रत्न सम्मान सर्जक सम्मान २०७५’ नाम दिइएको यस सम्मान समारोहमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कांग्रेस नेतृ सुजाता कोइरालाको आतिथ्यमा मोडल, अभिनेता–अभिनेत्री, गायक–गायिका, संगीतकार, चलचित्र निर्देशक, पत्रकार, सौन्दर्य व्यवसायी तथा राष्ट्रिय स्तरका खेलाडी, समाजसेवी सम्मानीत भए । संस्थाका केन्द्रीय अध्यक्ष दिनेश शाहीका अनुसार अमेरिकामा संघको शाखा विस्तारका अवसरमा सम्मान गरिएको हो ।

कार्यक्रममा शिव श्रेष्ठ, कृष्ण मल्ल, अर्जुन कार्की, वसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी, पुरन जोशी, शर्मिला मल्ल, सुर्य चन्द, सुशील बराल, प्रियंका कार्की, शुभेच्छा थापा, पूजना प्रधान, रामकेशर बोगटी, रवीन्द्र खड्का, नवल खड्का, रमेश बुढाथोकी, निखिल उप्रेती, लक्ष्मी गिरी, समन अधिकारी, वर्षा शिवाकोटी, रवि गिरी, छविराज ओझा, आयुष्मान देशराज, आशिर्मान देशराज, प्रताप दास, रविना देशराज, आना शर्मा, शोभित बस्नेत, आयुषी शाह, नीराजन थापा, रुवी राणा शाह, उशा खड्गी, रमीता भण्डारी, माल्भिका सुब्बा, राजभाइ सुवाल, महेश प्रधान, सञ्जय रौनियार, दीपक घिमिरे र अनुप सक्सेना लगायत दर्जनौलाई सम्मान गरिएको हो । अमेरिकाको ब्रुमफिल्ड कोलराडोमा नवराज श्रेष्ठको अध्यक्षतामा शाखा विस्तार गरिएको जानकारीसमेत गराइएको छ ।

४ आश्विन २०७५, बिहीबार ०८:४९