युट्युवमा भाईरल बन्दै गरेका यि दुई नेपाली प्रयांकस्टर, कहिले काँही कुटाई पनि खान्छन् रे

...

असोज, काठमाडौं । हाँस्न र हाँसो लाग्दो कुरा सुन्न र हेर्न जस्लाई पनि मन लाग्छ । अरुले हाँसो लाग्दो कुरा गर्यो भने खित्का खोडेरै हाँसीन्छ र कसैलाई हाँसो ठट्टामा मजाक बनाएर उडाउँदा पनि हामीलाई निकै हाँसो लागेको हुन्छ । हाँसो यस्तो चिज हो जो कोहिलाई मन पर्छ र स्वास्थ्यको हिसाबले पनि नभईनहुने कुरा हो ।

sabnam rai and Ashish sedaiआज हामी यहाँ हाँसो मज्जाक सँग जोडिएका दुई नेपाली प्रयांकस्टर को कुरा गर्दैछौं । जसले कसैलाई झुक्काएर कसैलार्ई हँसाउने काम गरेका छन् । ति हुन् सबनम राई र आशिष प्रसाई । नेपाली प्रयांक (Prank) भिडियो सुरुवात गर्ने पहिलो नेपाली महिला कलाकार हुन् सबनम राई । पछिल्लो समय युट्युव च्यानलमा Nepali prank Video भनेर खोज्दा उनै सवनम भेटिन्छिन् । बिच बाटोमा आफ्नो सुरमा हिडेकाहरुलाई झुक्काएर रमाईलो गर्ने सबनमलाई आज भोली बाटोमा भेट्नेहरुले अटोग्राफ माग्छन् र सँगै फोटो पनि खिच्न खोज्छन् । नेपाली प्रयांक भिडियो बनाउनु पुर्व नै मोडलिङ क्षेत्रमा प्रवेश गरेकी सबनमलाई यो भन्दा अघि खासै धेरैले चिन्दैनथे तर अहिले उनका पे्रयाङ्क भिडियो जब युट्युवमा देखिन थाले दिनानु दिन ति भिडियो हेर्नेहरु बढिरहेका छन् । नेपाली प्रयांक भिडियो बनाएर छोटो समयमै मन पराईएकोमा खुसी लागेको सबनम बताउँछिन् ।

यसैबिच आर्टिस्ट खबरले सबनम राईसँग गरेको कुराकानीमा प्रयांक भिडियो के हो ? , कसरी थाल्नु भो, कत्तिको गाह्रो हुन्छ भन्दा यसरी जवाफ दिन्छिन् जुन तल उल्लेख गरीएको छ ।

स्क्रिप्ट बिनाको अभिनय हो प्रयांक (Prank)
प्रयांक भनेको यस्तो चिज हो, जहाँ लिगल कुरा लाई इलिगल तरीकाले प्रस्तुत गरीन्छ र सँगसँगै रमाईलो बनाउने कोसिस गरीन्छ । यो वास्तविक नभएर बनावटी हुन्छ तर दोस्रो पक्षलाई थाहा हुँदैन । यसमा पनि अभिनय गर्नुपर्ने हुन्छ तर एक टपिकमा स्क्रिप्त बिना नै आफैले मिलाएर अभिनय गर्नुपर्ने हुन्छ । प्रयांकमा दोस्रो पक्षलाई थाहै नदिई हँसाउन र सताउने गरीन्छ ।

लाज र डर लाग्ने काम थियो
मेरो सानैदेखि मिल्ने साथी आशिष प्रसाईले पहिला देखि नै प्रयांक भिडियो बनाउँने गर्दथ्यो । उनीहरु दुई जना आशिष र आकाश भएर काठमाडौं मै बसेर यस्तो भिडियो बनाउँथे । पछि म झापा बाट काठमाडौं आएपछि मोडलिङ गर्न थालेँ र आशिष सँगपनि कुरा हुँदै गयो र उसले आफुले बनाउने भिडियोहरु मलाई देखाउने गर्दथ्यो र एकदिन तिमीपनि नेपाली पे्रयाङ्क भिडियोमा समावेश हुन्छ्यौ भनेर प्रस्ताव गर्यो र केटी मान्छेले नेपालमा अहिले सम्म नगरेको काम पनि थियो । लाज लाग्ने, डर लाग्ने जस्तो काम लाग्दथ्यो तर आशिषले प्रस्ताव गरेपछि हुन्छ नि गरौं र भनेर सुरु गरेँं । गर्दै जाँदा सजिलो हुँदै गयो धेरैले मन पराईदिनुभएको छ खुसी लागेको छ ।

sabnam rai - nepali prankster

पहिलो भिडियो बनाउने दिन नै भुकम्प गयो

पहिलो प्रयांक भिडियो सुटका लागि हामी बैशाख १२ गते ज्वालाखेल जाँदै थियौ । दिउँसोको १२ बजेको थियो एक्कासी भुकम्प आयो । साथीहरुले भुकम्पको फुटेज पनि खिच्न भ्याए र पछि त्यो भिडियोलाई अमेरीका पठाईयो र बिदेशी धेरै च्यानलमा अहिले पनि त्यो भिडियो आईरहेको हुन्छ । त्यो दिन त्यतिकै भयो र पछि प्रयांक भिडियो बनाउने क्रममा मैले एकजना केटा सँग मोबाईल नम्बर माग्नु परेको थियो । कुरा गरेर भुलाएर नम्बर मागेको थिएँ । केटासँग नम्बर माग्नुपर्दा अलि अलि अप्ठ्यारो महसुस पनि भएको थियो ।

कतिले युट्युवमा नराख्न अनुरोध गर्नुहुन्छ
हामीले थाहै नदिई कत्तिलाई सताईरहेका हुन्छौं, कत्तिलाई रिस उठाईरहेका हुन्छौं र त्यो क्रममा कत्तिले आफुलाई अप्ठ्यारो कुराहरु पनि बोल्नुुहुन्छ जुन कुरा पनि हामीले भिडियो बनाईरहेका छौं यो युट्युवमा आउँछ भन्दा उहाँहरुले भिडियो युट्युवमा नराख्न पनि आग्रह गर्नुहुन्छ । आफुलाई भिडियो राख्दा अप्ठ्यारो पर्ने भन्दै आग्रह गर्नुहुन्छ र त्यस्तो भिडियोलाई हामी पनि अपलोड गर्दैनौं ।

दुई वटा क्यामेरा र आईफोनको प्रयोग
भिडियो खिच्दा नजिकबाट खिच्न मिल्दैन किनकी हामीले झुक्काउने दोस्रो पक्ष जो हुनुहुन्छ उहाँहरुले हामीले खिचेको देखाउनु भएन । हामीले दुई वटा प्रोफेसनल क्यामेरा प्रयोग गर्दछौं र साउन्ड माईकको लागि नेपालमा राम्रो माइक नपाएको कारणले अहिले आईफोनकै प्रयोग गर्छौ । आईफोनमा इअर फोन जोडेर त्यसैले माईकको प्रयोग गर्दछौं ।

राम्रो प्रायोजकको खोजी
हामीले युट्युवमा भिडियो अपलोड गरेपछि कति प्रायोजन गर्न खोज्नेहरु पनि आउनु भएको छ तर राम्रो प्रायोजक भेटेका छैनौं । हामीले अन्य च्यानल भन्दा युट्युवलाई नै रोज्नुको कारण भनेको युट्युवमा अपलोड गरीसकेपछि बर्षौ सँम्म रहन्छ र जुनबेला भन्यो त्यो बेला हेर्न सकिन्छ । हामीले नेपाली पे्रयाङ्क भिडियोलाई विश्व भरी नै फैलाउने कोसिमा छौं त्यसैले पनि युट्युवनै राम्रो माध्यम हो ।

अटोग्राफ र फोटो खिच्न खोज्नुहुन्छ
हामी भिडियो बनाउनका लागि पे्रयाङ्क गर्न खोज्दा कत्तिले चिन्नुपनी हुन्छ र तपाईहरु यस्तो भिडियो बनाउन आउनु भएको हैन ? मैले युट्युवमा हेरेको छु ? एउटा फोटो खिचम न पनि भन्नु हुन्छ । कत्तिले अटोग्राफ माग्नुहुन्छ । पछिल्लो समय युट्युवमा भिडियोको भिजिटर बढ्दै गएकोले चिन्नेमान्छे धेरै भेटिनु हुन्छ ।Ashish Sedai Nepali Pransterएकपटक धन्नै ५०/ ६० जनाको कुटाई खाईएन
दुई बर्ष अघिदेखी नेपालमा प्रयांक भिडियोको सुरुवात गरेका अर्का नेपाली प्रयांकस्टर आशिष प्रसाईले आफुले कहिले काँही कुटाई खाने गरेको पनि बताउँछन् । कतिपय अवस्थामा ठुलो रिक्स लिएर पनि गर्नुपर्ने भएकोले बुझाउन समस्या पर्ने गरेको बताए । एक्कासी मान्छेलाई रिसाउने गराउने आशिषले आफुसँग रिसाएका मान्छेलाई सम्झाउन सक्ने कला पनि भएको बताउँछन् । नेपाली समाजमा अझै पनि प्रयांक भिडियो बनाउनेलाई नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ । “अझैपनि समाजमा प्रयांक भिडियो बिदेशमा जस्तो भईसकेको छैन त्यसैले पनि हामी नेपालमा प्रयांक भिडियोबाट सकारात्मक सन्देश दिन चाहान्छों । समाजलाई बदल्न चाहान्छौं,  प्रत्येक मानिसको सोचाईमा परिवर्तन ल्याउन चाहान्छौं”, आशिषले भने । आशिषले आर्टिस्ट खबरसँग कुरा गर्दै एक पटक धन्नै कुटाई खाएको भन्दै यसरी सुनाए:

“एकपटक टुडिखेलमा भिडियो बनाउँन गएका थियौं । मेरो एउटा साथीलाई एक ठाउँमा राखेर मैले कालो माक्स लगाएर त्यो साथीलाई स्पे्र हान्दिए र तानेर पिटेँ । त्यहाँ थुप्रै केटाहरु क्रिकेट खेलीरहेका थिए र तिनीहरु एकछिन त आएनन् जब मैले अन्य लाई पनि तानेर पिट्न थालेँ उनीहरु क्रिकेटमा प्रयोग हुने स्ट्यिाम, ब्याड् नै लिएर मलाई पिट्न आए । मैले सुरुमा पिटेको साथीले नै हामी यस्तो यस्तो भिडियो बनाउन आएका हौं भनेपछि मात्र छोडे नत्र त्यो दिन मज्जैले कुटाई खाईने रहेछ ।”

-प्रस्तुतीः गोपिकृष्ण