सुन्तलीको निर्देशक बन्ने चाहना !

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

बिहीबार सीताराम कट्टेल (धुर्मुस) ले आफ्नो जन्मदिन मनाएका छन् । राजधानीको रेडियो अडियो कार्यालयमा थुप्रै सञ्चारकर्मीमाझ जन्मदिन मनाउँदै गर्दा पत्नी हास्य कलाकार कुञ्जना घिमिरे (सुन्तली) पनि छेउमै थिइन् । यस्तै सहकर्मी केदारप्रसाद घिमिरे (माग्नेबुढा) पनि जन्मदिनको शुभकामना दिन पुगेका थिए ।

जन्मदिनको अवसर पारेर धुर्मुसले आफूले निर्माण गर्ने नयाँ चलचित्रको घोषणा गर्ने तयारीमा थिए । तर केही कुरा नपुगेकाले घोषणा गर्न नसकेको बताए । उनले औपचारिक रूपमा चलचित्रको घोषणा नगरे पनि उपस्थित सञ्चारकर्मीले चलचित्रको विषयमै प्रश्न तेर्साए ।

चलचित्र सुन्तलीले निर्देशन गर्ने भन्ने चलचित्रक्षेत्रको हल्लालाई तपाईंहरूले कसरी प्रष्ट पार्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा सुन्तलीलाई आफूले गर्ने औपचारिक घोषणा त गरिनन् तर सुरुमा टिममा सोंच बनाएको बताइन् । उनले टिमबाट आफूलाई निर्देशनको जिम्मा आएको तर आफूले ‘कन्फर्म’ नगरेको बताइन् । ‘मलाई निर्माण टिमबाट निर्देशनको जिम्मा दिनुभएको हो तर मैले गर्नसक्छु सक्दिन त्यो विषयमा निर्णय गरिसकेकी छैन, अथवा अन्य अग्रज दाइदिदी कसैलाई राख्नुपर्छ कि भन्ने विषयमा छलफलमै छौं’, सुन्तलीले भनिन् ।

सुन्तलीका भनाइअनुसार आफूले चलचित्र निर्देशन गर्ने तयारी गरेको बुझ्न सकिन्थ्यो । धुर्मुस सुन्तलीले केही समयअघि चलचित्र विकास बोर्डमा ‘एन्टिभाइरस’ नामको चलचित्र दर्ता गराएका छन् । कार्यक्रममा माग्नेबुढा अर्थात् केदारप्रसाद घिमिरे चलचित्रमा नहुने प्रष्ट पारियो । हास्य टेलिसिरियल मेरी बास्सैपछि एकसाथ नदेखिएका धुर्मुस र माग्नेबुढा यो चलचित्रमा देखिनेछन् ? भन्ने सञ्चारकर्मीको प्रश्नमा कुञ्जनाले नै उत्तर दिइन् ।

उनले केदारले अन्य चलचित्रमा काम गरिरहेकाले यो चलचित्रमा काम नगर्ने प्रष्ट पारिन् । ‘केदार जी हाम्रो टिमजस्तै हो, उहाँले अन्य चलचित्रमा एकपछि अर्को गर्दै काम गरिरहनुभएको छ, चलचित्रक्षेत्रबाट टाढा हुनुहुन्न तर यो चलचित्रमा हुनुहुन्न’, सुन्तलीले प्रष्ट पारिन् । केदारले पनि सुन्तलीको भनाइमा सहमति जनाए । जन्मदिन सेलिब्रेशन कार्यक्रममा माग्नेबुढा, धुर्मुस र सुन्तलीले केहीबेर अभिनय गरेर पनि देखाएका थिए ।

समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।