आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

१९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मीएका राष्ट्रकवि माधवप्रसाद घिमिरे आजबाट आफ्नो जीवनको सयौँ वर्षमा टेकेका छन् । आज उनको शताब्दीऔँ जन्मदिन हो । उनी सय पटकसम्म जन्मदिन मनाउन पाउने कम्तीमै सौभाग्यशाली व्यक्तिमा पर्छन् । उनले जन्मिएको तीन वर्षमै आमा गुमाएका थिए । उनले धेरै प्रतिभा भएका आफूसँगैका साथीलाई पनि यो संसारबाट गुमाई सकेका छन् । विसं २०७२ मा राष्ट्रिकवि घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका थिए ।

पटक-पटक स्वस्थ्यमा उतारचढाव आए पनि उपचारपछि हाल उनी यो उमेरमा पनि आफूलाई साहित्यिक कर्ममा खटाइ रहेका छन् । घिमिरे पछिल्लो महाकाव्य ‘ऋतम्भरा’लाई बिट मार्ने तयारीमा छन् । यो वर्षभरि जन्म शताब्दी मनाउन घिमिरे दम्पतीसहित मर्स्याङ्दी वांगमय प्रतिष्ठानले रथारोहण र राष्ट्रियस्तरको अभिनन्दन लगायतका कार्यक्रम तय गरेको छ ।