नवलपुर कावासोतीको गणपति फिल्महलमा ‘इन्टुमिन्टु लण्डनमा’ हाउसफुल, टिकट नपाउँदा फर्किए दर्शक

नवराज अधिकारी/ असोज, कावासोती ।

गएको शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘इन्टुमिन्टु लण्डनमा’ नेपालकै मध्य जिल्ला नवलपुरमा पनि प्रदर्शन भइरहेको छ । कावासोतीमा रहेको एकमात्र फिल्महल गणपतिमा चलचित्रले हाउसफुलका साथ ब्यापार गरिरहेको छ । शुक्रबारबाट आएका तीन चलचित्र मध्ये दर्शकको माग र स्टारक्रेजका कारण हलले ‘इन्टुमिन्टु लण्डनमा’ प्रदर्शन गरेको हो ।

चलचित्रले शुक्रबारदेखी नै हाउसफुलको ब्यापार गरिरहेको छ । शुक्रबारको तुलनामा शनिबार दर्शकको संख्या निकै धेरै थियो । २ सय ५६ सिट क्षमता भएको उक्त हलमा टिकट लाइन बसेर पनि अन्य दुईसय बढी दर्शक फर्किएका थिए । नवलपुरबाट पश्चिम चोरमारा र अरुणखोलासम्म र पुर्व रजहरसम्म फिल्महल नहुँदा कावासोतीको गणपति फिल्महलमा दर्शकको चाप बढी हुनेगर्छ ।

रेनिशा वान्तवा राईको निर्देशनमा बनेको ‘इन्टुमिन्टु लण्डनमा’ नवनायिका धिरज मगर, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, शारुक ताम्राकार, बिजय लामा, अरुण श्रेष्ठ, दिल भुषण पाठक, रुबि राणा, बिवेक लिम्बु लगायतको अभिनय रहेको छ ।