डेविडको सलूनमा विपना

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

हेयर स्टाइलिस्ट नील डेविड कटवालले भारतको राजधानी नयाँ दिल्लीमा आफ्नो नयाँ ‘नील डेविड हेयर एण्ड ब्यूटी सलून’ उद्घाटन गरेका छन् । शनिबार दक्षिण दिल्लीको लाजपत नगर–२ मा औपचारिक रुपमा सञ्चालनमा आएको घोषणा गरियो ।

उक्त अवसरमा नील डेविडले विशेष रुपबाट तयार पारिएको हेयर स्टाइल सेसनमा नयाँ हेयर स्टाइल तथा ड्रेन्डहरुलाई प्रस्तुत गरे । डेविडको हेयर स्टाइल सेसनमा नेपाली अभिनेत्री विपना थापाको केशलाई आकर्षक स्वरुप प्रदान गरेका थिए । नयाँ दिल्लीमा नील डेविडको यो दोस्रो सलून हो । यसअघि दिल्लीको ग्रेटर कैलाशमा नीलको पहिलो सलून झण्डै तीन महिनादेखि सञ्चालनमा छ । नील डेविडको हेयर एण्ड ब्यूटी सलूनका शाखाहरु नेपालको काठमाडौंसहित विभिन्न शहरहरुमा विस्तार भैसकेको छ भने भारतमा पनि विभिन्न चार वटा राज्य तथा १० शहरहरुमा विभिन्न ५० शाखा सञ्चालनमा छन् ।

डेविडले क्रिस्टिन ब्लंडेलसंग पनि प्रशिक्षण लिएका छन् जो ओस्कार अवार्ड विजेता हलिउड अभिनेत्री हुन् । उनले टोनी एण्ड गाय (लण्डन) बाट पनि प्रशिक्षण लिएका छन्, जसलाई क्रिएटिभ हेयरस्टाइलिङको प्रीमियर इन्स्टिच्युट मानिन्छ । डेविडले कैंची र रेजरमार्फत केश काट्ने कीर्तिमान समेत कायम गरेका छन् । उनले आँखा बन्द गरेर २५ मिनेटमा ५ वटा हेयर कट गरेका छन् । आजसम्म २ सय भन्दा धेरै हेयर सेमिनार तथा फेसन शोको आयोजना गर्ने अनुभवसंगै नील डेविड आफ्नो पेशागत नैतिकताका लागि पनि प्रसिद्ध छन् ।