प्रेमको ‘दशैं खर्च’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपालीहरुको महान पर्व बडादशैं नजिकिंदै गर्दा नेपाली कलकारिता क्षेत्रमा सक्रिय कलाकारहरुलाइ दशैं विशेष गीतहरू तयार गर्न र प्रकाशनमा ल्याउन यतिखेर भ्याइ नभ्याइ देखिन्छ । नेपाली लोकसंगीतिक क्षेत्रमा बिगत १ दशकदेखि सक्रिय रहँदै आएका गायक तथा सर्जक प्रेम सापकोटा ‘सोनु’को पनि दशैं विशेष गीत ‘दशैं खर्च’ भर्खरै सार्वजनिक भएको छ ।

गायनको अलावा सिर्जनामा पनि उत्तिकै अब्बल प्रेमले अहिलेसम्म करिब २ दर्जन बढी गीतहरुमा आफ्नो आवाज दिइसकेका छ्न् भने केही गीतहरूमा निर्देशन र अभिनय समेत गरेका छ्न् ।

राख्नु आमा जमरा पातैमा, नभए नि छोराछोरी साथैमा, मरे बराबर हुन्छु कैले त, डाँडैमा पिङ हालेका होलान् गाउँमा खसी ढालेका होलान् दशैं खर्च नि पठाउन पाइन मैले त …. !

घरमा बुढी आमा एक्लै, चाडपर्वको माहोल, भएको एउटा छोरा विदेश हुँदाको पीडा समेटेर प्रेम सापकोटा आफैले यस गीतमा स्वरर शब्द  र संगीत भरेका छ्न ।

आरती मिडियाको प्रस्तुतिमा रहेको यस गीतको म्युजिक भिडियो स्मृति तिमल्सिना गुरुआमाको निर्देशन, दुर्गा पौडेल, गोविन्द विष्टको छायांकन र प्रकाश धमलाको सम्पादनमा तयार भएको छ ।

गीतको म्युजिक भिडियोमा रमा थपलिया र स्वंय प्रेम सापकोटा सोनुको उत्कृष्ट अभिनय हेर्न पाइन्छ ।

प्रेमको स्वरमा सिर्जना र अभिनयमा बजारमा आएका थुप्रै गीतहरूले  सांगीतिक बजारमा राम्रो चर्चा बटुल्न सफल छन्। यस गीतबारे प्रेम भन्छन्, ‘अहिलेसम्म जतिपनि गीतसंगीतमा सिर्जना स्वर अभिनय निर्देशन जे गरिरहेको छु यो सबै दर्शक श्रोताको माया र हौसलाले नै हो । परदेशको ठाउँ घरदेशमा जत्तिकै गीतसंगीतमा लाग्न सहज त छैन तर पनि संघर्ष गरिरहेकै छु अहिलेसम्मका सबै गीतहरूमा यहाँहरुको मायामा कमी पाएको छैन आशा छ यो गीतलाई पनि माया गरिदिनु हुनेछ ।’

उनले थपे, ‘एउटा गीत हामीले दुस्ख गरेर तयार गर्छौं रेडियो टेलिभिजन पत्रपत्रिका सबैतिर गीत पुग्छ सबैले रुचाइदिनु पनि हुन्छ तर गीत सफल भयो कि भएन राम्रो मानियो कि नाइँ भनेर जज गर्ने मात्रै युट्युब छ ।’

पछिल्लो समय युट्युबको भ्युको आधारमा यो गीत हिट यो फ्लप भन्ने चलन छ तर म यो मान्दिन किनकि युट्युब ईन्टरनेटको पहुँचबाहिर रहेका विभिन्न गाउँका कुनाकुनामा बस्नुहुने श्रोताहरुले धेरै गायक सर्जकका गीतहरु दिनमा कैयौंपटक फोन गरेर रोज्नुहुन्छ माया गर्नुहुन्छ नि हो त्यो माया हो त्यो सफलता हो ।

(भिडियो)