मानव निर्मित झर्ना समुद्घाटन समारोह सम्पन्न

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

यहि असोज ६ गते पर्यटन प्रबर्द्धन, बिकाश र संरक्षणमा टेवा पुराउने उद्देश्यले डाँडा गाउँ जङ्गल रिसोर्टको मानव निर्मित झर्ना समुद्घाटन समारोह भब्य रुपले सम्पन्न भएको छ । काठमाडौमा धुँलो धुँवाबाट ग्रसित भएका आम मानिसका लागी यो गन्तव्य उपयुक्त हुने देखिएको छ । रिसोर्टमा पारिवारिक बातावरणका साथे सभासम्लेलन गर्नका साथै सुटिङका लागी सहज हुने रिसोर्टका अध्यक्ष गोपाल बर्देवाले बताए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान अध्यक्ष चन्द्र शर्मा , उपत्यका समन्वय समिती का अध्यक्ष पिएन सापकोटा , गायिका सुनितामी परियार, गायिका मिरा गोर्खाली, गायिका तथा मोडल आयुशा राई लगायत थुप्रै कलाकारहरु र धेरै मिडियाका पत्रकार तथा संचारकर्मिहरुको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा मानव निर्मित झर्नाको समुद्घाटन गर्नुका साथै विभिन्न कलाकारहरुको गायन तथा नृत्य प्रस्तुती राखिएको थियो । जस्ले गर्दा कार्यक्रमलाई झन रमाईलो भएको कुरा त्यहाँ उपस्थित दर्शक महानुभाबहरुले बताए । उद्घाटन कार्यक्रमको अवसरमा कलाकारहरु र पत्रकारहरुलाई मायाको चिनो सहित सम्मान पनि गरिएको थियो ।

पर्यटन विकासमा टेवा पुराउने उदेश्यले संचालित डाँडा गाउँ जङ्गल रिसोर्टलाई सम्झेर आउने ब्यक्तिहरुलाई अरु भन्दा केही छुट दिनुका साथै सोचे भन्दा बढी सुबिधा प्रदान गर्ने कुरा अध्यक्ष गोपाल बर्देवाले बताए । गोपाल बर्देवाको नयाँ कार्यले पर्यटन विकाशको कार्यमा थप टेवा पुगोस भन्ने कामना सहित उहाँलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबम सफलताको शुभकामना ।