दीपक–दिपा नील डेविडको सलून उद्घाटनमा

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

स्थापित नेपाली हेयर स्टाइलिस्ट नील डेविड कटवालको राजधानीको सिटि सेन्टरमा सलूनको ५४ औं शाखा सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमका बिच कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको हातबाट रिबन काट्दै डेविडले सलून उद्घाटन गरेका हुन् । नेपाल तथा भारतमा स्थापित भैसकेका हेयर स्टाइलिस्ट कटवालको उक्त सलूनलाई युवा उद्यमी आकाश तामाङले सञ्चालनमा ल्याएका हुन् । सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको नील डेविड्स ईन्टरनेशनल यूनिसेक्स सलूनमा अत्याधुनिक प्रविधियुक्त उपकरण, गुणस्तरीय कस्मेटिक तथा प्रतिक्षित हेयर स्टाइलिस्टहरुले सेवा प्रदान गर्ने सञ्चालक आकाश तामाङले बताए ।

सलून उद्घाटन गर्न पुगेका दीपकराज र दीपाश्रीले कटवालको कामलाई प्रसंसा गरे । अभिनेता दीपकराजले नाम ‘नील’ अर्थात सुन्य भएपनि कटवालले हेयर स्टाइलको क्षेत्रमा दर्जनौं गोल गर्न सफल भएको प्रतिक्रिया दिए । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले पनि नील डेविडलाई शुभकामना दिँदै व्यक्तिलाई सुन्दर देखाउने कलालाई स्वदेशदेखि विदेशसम्म फैलाउन सफल भएकोमा बधाइ दिइन् ।

नील डेविडको हेयर एण्ड ब्यूटी सलूनका शाखाहरु नेपालको काठमाडौंसहित विभिन्न शहरहरुमा विस्तार भैसकेको छ भने भारतमा पनि विभिन्न चार वटा राज्य तथा १० शहरहरुमा विभिन्न ५० शाखा सञ्चालनमा छन् । यसका साथै सलूनको शाखालाई अष्टे«लिया तथा लण्डनमा पनि चााडै नै सञ्चालनमा ल्याइने नील डेविडले यसअघि नै घोषणा गरिसक्नु भएको छ । भारतको नयाँ दिल्लीमा नील डेविड ब्राण्डलाई शिवमाया कम्पनि तथा उत्तर प्रदेशका लागि भिनस इन्टरनेशनलले मास्टर फ्रान्चाइजिज साइन गरिसकेका छन्  ।

निकट भविष्य नै नील डेविड सलून दिल्ली नजिकैको नोयडामा पनि सञ्चालन हुने तयारी भैरहेको छ भने भारत र भुटानको सीमा क्षेत्र जय गाउँमा पनि स्थापना हुँदैछ । यसका साथै नेपालकै बिर्तामोड, इटहरी, भैरहवा तथा नेपालगञ्जमा पनि नील डेविड सलून सञ्चालनमा आउने हेयरस्टाइलिस्ट कटवालले स्पष्ट पारे ।