बिवाहको मिति टुंग्याउने क्रममा प्रियंका र निक

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनस पछिल्लो समय इन्गेजमेन्टका कारण निकै चर्चामा छाइरहेका छन् । केही समय अघि १८ अगस्ट मुम्बईमा भारतीय परम्परा अनुसार इन्गेजमेन्ट गरेका यो जोडी हाल बिवाहको मिति टुंगो लगाउने विषयमा छलफल गरिरहेका छन् । निक यतिबेला प्रियंको घर भारत आएका थिए । उनीहरु मंगलबार प्राइभेट जेटमा मुम्बईबाट राजस्थानको जोधपुर गएका छन् । बताइए अनुसार यो जोडीको बिवाह भारतको राजस्थानमा आयोजना गर्ने तयारीमा लागेको छ ।

समाचारका अनुसार प्रियंका आफ्नो बिवाह जोधपुरको भव्य उम्मेद भवन प्यालेस र मेहरानगढ फोर्टमा गर्ने योजना बनाइरहेकी छिन् । बिवाहको योजना र व्यवस्थापन गर्नका लागि प्रियंका प्रेमी निक जोनसका साथ मंगलबार जोधपुर पुगेकी हुन्। यी दूई राजस्थानको उम्मेद भवन प्यालेस र मेहरान फोर्टको अवलोकन  र व्यवस्थान टिमका साथ बिवाहको कार्यक्रम र पाहुनाहरुको विषयमा छलफल गरेका छन् ।