निश्चलले नचिनेको स्वस्तिमाको एक तस्बिर

गोपिकृष्ण चापागाईं/ असोज, काठमाडौं ।

नयाँ चलचित्र ‘बुलबुल’को छायांकन सकिएको छ । यो चलचित्रमा नायिका स्वस्तिमा खड्का एक टेम्पो चालिकाको भूमिकामा छिन् । यसअघिका प्रेमकथामा आधारीत चलचित्रमा प्रेमिकाको भूमिका निभाउँदै आएकी स्वस्तिमा यो चलचित्रका लागी छुट्टै गेपअपमा छिन् ।

सोमबार भक्तपुरको कमलपोखरी नजिकैको खुल्ला चौरमा हाम्रो टिम पुग्दा स्वस्तिमा कुर्तासुरुवालमा सजिएर टेम्पो अगाडी बसिरहेकी थिइन् । यसअघि उनलाई प्रत्यक्ष नदेखेकाले हतपत चिन्न नसक्ने भेषमा थिइन् । उनको मेकअपले पनि उनलाई निकै फरक देखाइरहेको थियो । त्यसस्थानमा चलचित्रमा समावेश एक गीतको छायांकन भइरहेको थियो, जसमा स्वस्तिमाले कम्मर मर्काइरहेकी थिइन् । गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ । त्यसैसमयमा सञ्चारकर्मिहरुसँग कुरागर्दै स्वस्तिमाले चलचित्रमा टेम्पो चालिका बन्न पाउनुलाई आफूले ठुलो अवसरको रुपमा लिएको बताइन् ।

‘तस्बिर मैले ह्वाट्सएप मार्फत निश्चललाई पठाएकी थिएँ, उहाँले तस्बिर हेरिसकेपछि केहि प्रतिक्रिया दिनुभएन पछि घर पुगेपछि दिउसो कसको फोटो पठाएकी भनेर प्रश्न गर्नुभयो, मैले मेरै हो भन्दा पनि उहाँले विश्वास गर्नुभएन, अझ तिमीजस्तै अरु कसैको भएर फोटो पठाएको होला भन्नुभएको थियो’

स्वस्तिमाले ‘बुलबुल’को छायांकन सुरु भएपछिका बिभिन्न रमाइला पलहरु सञ्चारकर्मिहरुसँग सेयर गरेकी थिइन् । उनले ‘बुलबुल’का लागी खिचिएको एक तस्बिर आफ्ना श्रीमान अभिनेता निश्चल बस्नेतले नै नचिनेको पल पनि सुनाइन् । छायांकन सुरु हुनुभन्दा अघि फ्रेममा राख्नका लागी चलचित्रकै अर्कि कलाकारसँग आफ्नो एक तस्बिर खिचेकी थिइन् जुन तस्बिरमा उनी साधारण भेषमा थिइन् अर्थात कुर्ता सुरुवाल लगाएकी र मेकअपबाट केहि कालोवर्ण बनाइएको थियो, जसले गर्दा झट्ट हेर्दा निश्चलले स्वस्तिमालाई चिन्न सकेनन् । ‘तस्बिर मैले ह्वाट्सएप मार्फत निश्चललाई पठाएकी थिएँ, उहाँले तस्बिर हेरिसकेपछि केहि प्रतिक्रिया दिनुभएन पछि घर पुगेपछि दिउसो कसको फोटो पठाएकी भनेर प्रश्न गर्नुभयो, मैले मेरै हो भन्दा पनि उहाँले विश्वास गर्नुभएन, अझ तिमीजस्तै अरु कसैको भएर फोटो पठाएको होला भन्नुभएको थियो’ स्वस्तिमाले सुनाइन् । यस्तै निश्चल जस्तै आफ्ना धेरै फ्यानहरु पनि आफ्नो गेटअपबाट झुक्किएको बताउँछिन् ।

उनले चलचित्रको छायांकन सुरु नहुँदैको अर्को रमाइलो पल पनि सेयर गरिन् । टेम्पो चलाउन सिक्ने क्रममा अनामनगरका केहि फ्यानहरुलाई सम्झिइन् । उनले करिब तीन महिनाको समयसम्म टेम्पो सिकेकी थिइन् । अनामनगरको एक सडकमा बिहानै ६ बजेको समयमा टेम्पो सिक्दै गर्दा केहि फ्यानले चिनेर तपाई टेम्पो पनि चलाउनुहुन्छ भनेर प्रश्न गरेको सम्झिइन् । ‘म बिहान बिहान टेम्पो सिक्दै गर्दा केहि फ्यानले मलाई टेम्पो पनि चलाउनुहुन्छ भनेर सोधेका थिए, मैले चलचित्रका लागी सिक्दैछु भनेकी थिएँ, उहाँहरुले फोटो खिचरे सामाजिक सञ्जालमा पनि हाल्नुभएछ’, स्वस्तिमाले भनिन् ।

बिनोद पौडेलले निर्देशन गरेको यो चलचित्रको छायांकन २५ दिनमै सकिएको थियो । अहिले एक गीतको छायांकनसँगै चलचित्रको छायांकनको काम सबै सकिएको बताइएको छ । अबिरल थापा निर्माता रहेको यो चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे आदि कलाकारको अभिनय छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्र आउँदो फागुन ३ गतेबाट देशभर प्रदर्शन हुनेछ ।

तस्बिरः नविन चापागाईं/आर्टिष्ट खबर

समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।