बलिउडका खानको पहिलो नेपाली चलचित्र ‘प्रेमलिला’

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

बलिउडका मोडल अली खान नेपाली चलचित्रबाट डेब्यु गरेका छन् । नेपाली चलचित्र ‘प्रेमलिला’बाट उनले चलचित्रको यात्रा सुरु गरेका हुन् । बलिउडमा थुप्रै म्युजीक भिडियो, टेलिसिरियलहरुमा काम गरिसकेका खानका लागी ‘प्रेमलिला’ पहिलो चलचित्र हो । यसअघि कुनैपनि हिन्दी चलचित्रमा पनि काम गरेका छैनन् । बुधबार राजधानीमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा चलचित्रको अफिसियल पोष्टर र प्रदर्शन मिति पनि घोषणा गरियो । चलचित्रको पोष्टरमा नायिका तथा निर्मात्री दिपशिखा खड्का फिचर छिन् । उनलाई कपाल मुण्डनको लुक्समा देखिाइएको छ । यस्तै चलचित्र आउँदो माघ २५ बाट आउने जानकारी दिइयो ।

नायिका दिपशिखासँगै देखिएका खानले केहि नेपाली शब्द बोलेका थिए । नेपाली भाषा आफूलाई निकै मनपर्ने तर बोल्ने कोसिस मात्र गरेको उनी बताउँछन् । ‘नेपाल अनि नेपाली भाषा निकै मनपर्छ, बोल्न खासै आउँदैन, कोसिसमात्र गरेका हुँ’ खानले भने । यस्तै उनले चलचित्रको बिषयमा जानकारी गराए । आफ्नो पहिलो चलचित्र भएकाले पनि निकै मेहनत गरेको उनी बताउँछन् ।

कार्यक्रममा नायिका दिपशिखाले खानको भूमिकाको बिषयमा जानकारी गराइन् । चलचित्रमा खानले हिन्दी मै बोल्ने बताइन् । चलचित्रको कथा अनुसार खान भारतबाट नेपाल आउनेछन् र चलचित्रमा पुरा समय हिन्दिीमै बोल्नेछन् । केहिसमय अघि चलचित्रको ‘जाने क्या हुवा ए’ बोलको हिन्दी गीतको पनि छायांकन भइसकेको छ, जुन गीतमा रामजी लामिछानेले कोरियोग्राफि गरेका छन् । पोखरामा छायाँकन भएको उक्त गीतमा वलिउड गायक राजा हसन को स्वर छ । गीतमा नायिका दिपशिखा खड्का र नायक अली खानको फिचरिङ्गमा रहेका छ्न् ।

जनक पाण्डेले निर्देशन गरेको यस चलचित्रमा नायिका दीपशिखाले कपाल मुण्डन गरेकी छिन् । कथा अनुसार उनले आफ्नो कपाल मुण्डन गरेको जानकारी पनि गराइन् । उनले अहिलेसम्म कपाल पाँचपटक सम्म मुण्डन गरेको बताइन् । चलचित्रको छायांकन सकिएपनि फोटोसुटकै लागी पाँचपटक सम्म कपाल मुण्डन गर्नुपरेको बताएकी थिइन् ।  चलचित्रमा पवन गौतमको छायांकन ,  संगीतकारहरु महेश खड्का,नबिन कार्की र रबिराज शाहको संगीतमा गायक राजेश पायल राइ , शोभा पाण्डे र भारतीय गायक राजा हसन को स्वर रहेको छ भने चलचित्रमा नायिका दिपशिखा खड्का, अली खान, सुरज तमु र रेखा शाह को मुख्य अभिनय रहेको छ।  चलचित्रमा प्रलाद खरेल मुख्य सहायक निर्देशनमा रहेका छन् ।