‘दि कर्मा’को पहिलो गीतमा नीताको दमदार डान्स (भिडियो)

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

चलचित्र  ‘दि कर्मा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘बजार लाग्या छ’ बोलको गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना र भारतका मोडल तथा अभिनेता करण वर्माको दमदार नृत्य देख्न सकिन्छ । अभिनेत्री  परमिता राज्यलक्ष्मी राणा उक्त भिडियोमा एङ्ग्री लुक्समा देखिएकी छिन् भने साथै बुद्धी तामाङ र देवकुमार श्रेष्ठ पनि देखिएका छन् । मनिषा पोखरेलको स्वर रहेको गीतमा कोशिश क्षेत्रीको शब्द समावेश छ । रामजी लामिछानेले भिडियोमा कोरियोग्राफी गरेका छन्।

नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालाई आधार बनाएर निर्माण गरिएको चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् भने जय राज रायले निर्माण गरेका हुन् । त्यसतै चलचित्र छायांकन रामेश्वर कार्कीले गरेका छन् भने चलचित्रमा अष्ट महर्जनको द्वन्द्व रहेको छ । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको चलचित्रमा उल्लेखित कलाकारसँगै अनुप सक्सेना, संगीत नापित पनि लिड रोलमा छन् । चलचित्रको कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा गरिएको छ ।   ‘दि कर्मा’को प्रदर्शन मिति मंसिर ७ गतेलाई तोकिएको छ ।

(भिडियो)