आजको ‘भद्रगोल’ मा दिपक, दीपा र ‘माग्ने बुढा’ देखिने

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ असोज, काठमाडौं ।&nbsp;</span></pre><p style="text-align: justify; ">नेपाल टेलिभिजनबाट शुक्रबार प्रशारण हुदै आएको हास्य टेलिश्रृखला ‘भद्रगोल’मा दिपक, दीपा र माग्ने बुढा एकसाथ देखिने भएका छन् । असोज २४ अर्थात घटस्थापनाको दिनबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को प्रचारका लागि उनीहरु सिरियलमा देखिन पुगेका हुन् । आजको ‘भद्रगोल’ दर्शकका खास रहने भएको छ ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">लामो समय अघि हास्य सिरियल ‘तितो सत्य’मा जोडीको रुपमा अभिनय गर्ने हास्य कलाकार दिपकराज गिरी र दीपाश्री निरौला हाल चलचित्र निर्माण गर्दै आएका छन् । ‘भद्रगोल’मा पहिलो पटक यी दुइको साथमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ पनि देखिदैछन् । लामो समयपछि टेलिभिजन सिरियलमा फर्कदा छुट्टै अनुभुती भएको निर्देशक दिपाश्री निरौलाले बताइन् ।</p>