पोस्टरमा ‘चंङ्गा चेट’,चंङ्गा बनि उडे कलाकार

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

चलचित्र ‘चङ्गा चेट’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका निर्देशक दीपेन्द्र के खनालले आफ्नो फेसबुक मार्फत उक्त पोष्टर सार्वजनिक गरेका हुन् ।  चलचित्रका कलाकार आयुष्मान देशराज जोशी, परमिता आरएल राणा, प्रियंका कार्की, रविन्द्र झा, सुरक्षा पन्त, शिशिर बाङदेल र सन्दिप क्षेत्रीलाई नै चंङ्गा बनाएर उठाइएको सार्वजनिक पोस्टरमा देख्न सकिन्छ ।

चलचित्रको थिमअनुसार पोस्टर तयार पारिएको  निर्देशक दीपेन्द्र के खनालको भनाई छ । चलचित्रको ट्रेलर आउँदो आइतबार सार्वजनिक हुँदैछ ।केही समय अगाडि सार्वजनिक गरिएको ‘गोजीमा दाम छैन’ गीत अहिले यूट्युबमा हिट छ । ९० लाखभन्दा बढी पटक हेरिएको उक्त गीत दर्शक माझ लोकप्रिय बनेको छ । चलचित्रको दोस्रो गीत ‘ढल्की ढल्की’ले पनि दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।

डार्क कमेडी चलचित्र ‘चङ्गा चेट’मा आयुष्मान देशराज जोशी, परमिता आरएल राणा, प्रियंका कार्की, रविन्द्र झा, सुरक्षा पन्त, शिशिर बाङदेल र सन्दिप क्षेत्री मुख्य भुमिकामा देखिने छन् भने यिनका अलवा निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्मा अथिति भुमिकामा देखिने छन् ।

प्रदीप भारद्वाजको कथा रहेको चलचित्र माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् । सूर्य ठोकरको द्वन्द्व रहेको चलचित्रमा दिर्घ खड्काको सम्पादन, निरक कँडेलको छायांकन र अर्जुन पोखरेलको संगीत रहेको छ । चलचित्रको प्रर्दशन मिति आउने कात्तिक १६ गतेलाई तोकिएको छ ।