<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ असोज, काठमाडौं । </span></pre><p style="text-align: justify; ">शनिबार पोखरा सभागृहमा आयोजित मिस पोखराको ग्राण्ड फिनालीमा १४ जना प्रतिष्पर्धीलाई पछि पार्दै सारा बजिमयले मिस पोखराको ताज पहिरिएकी छिन् । उनले पोखरा जेसिजले आयोजना गरेको दशौँ संस्करणको मिस पोखराको उपाधि चुमेकी हुन् । उक्त प्रतियोगीतामा सुजिता केसी फस्ट रनर्सअप र मिनाश्री शर्मा सेकेन्डरनर्सअप बनेका छन् । कार्यक्रम संयोजक देवराज शर्माले हिमाअस एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजन तथा कोशेली तेलको प्रस्तुतिमा प्रतियोगिता आयोजना गरिएको जानकारी दिएका थिए ।</p><div style="text-align: justify; "><br></div>






२१ आश्विन २०७५, आईतवार ०५:२६ 








