अमृता श्रीपाललाई म्युजीक खबरको इन्करेजमेन्ट अवार्ड

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

सातौं म्युजीक खबर म्युजीक अवार्डमा लोक गायिका अमृता श्रीपालले ‘इन्करेजमेन्ट अवार्ड’ पाउन सफल भएकी छिन् । प्रदेश १ को अस्थायी राजधानी बिराटनगरमा शुक्रबार सम्पन्न अवार्डमा अमृताले ‘गैरी गाउँको मेला’बोलको गीतबाट अवार्ड हात पार्न सफल भएकी हुन् । उनलाई स्टेजमा हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौला लगायतको टिमले अवार्ड प्रदान गरेका थिए ।

अमृताले अवार्ड उचाल्दै दर्शकलाई धन्यवाद दिइन् । आफ्नो गीत दर्शकले मन पराएकै कारण जुरीहरुको नजरमा पर्न सफल भएको उनको भनाई थियो । यस्तै उनले आगामि दिनमा पनि सधैं राम्रो गीत बजारमा ल्याउने बताइन् । ‘अवार्ड पाउँदा निकै खुसी छु, गीतसंगीतमा मेहनत गर्दैजाँदा प्रतिफल मिल्दोरहेछ, यो अवार्डले थप जिम्मेवारी बढेको अनुभूति गरेकी छु’, उनले आर्टिष्ट खबरसँग कुरागर्दै भनिन् ।

नेपाली लोक दोहोरी गीतको क्षेत्रमा यसैबर्ष अमृताले दुईवटा अवार्ड हात पारिसकेकी छिन् । गएको तीजमा सम्पन्न पाँचौं छाँयाछवी तीज म्युजीक अवार्डमा उनले ‘खैनीले’बोलको गीतबाट सर्वोत्कृष्ट तीज दोहोरीगीत तर्फ नवगायिकाको अवार्ड उचालेकी थिइन् । अमृताले अहिलेसम्म डेढ दर्जन बढी गीत गाइसकेकी छिन् । जसमध्ये ‘डाँडै माथि घर’, ‘जाने बेला सरर’, ‘भन्छन् जोडी राम्रो’ बोलको गीत धेरै दर्शकले मन पराएका छन् ।