आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘निर्जला’लाई दर्शकले मन पराएका छन् । प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेको यो चलचित्र एकल प्रदर्शनमा आएको हो । पहिलो दिन अधिकांश हलहरुमा चलचित्रले हाउसफूलको ब्यापार गरेको निर्माता न्यौपानेले जानकारी दिएका छन् । चलचित्रका निर्देशक राजु गिरीका अनुसार चलचित्र हेरिसकेपछि बाहिर निस्कने दर्शकको आखाँमा आँशु देखिन्थ्यो । अधिकांश दर्शकले चलचित्रको कथाले मन छोएको बताएका थिए ।

‘हामीले सोचेको भन्दा राम्रो ब्यापार र प्रतिक्रिया छ ।’ निर्देशक गिरीले भने । फिल्मको रिपोर्ट बुझ्न शनिबार निर्माता प्रकाशचन्द्र, निर्देशक राजु, अभिनेता किशोर खतिवडा, अभिनेत्री शुभेच्छा थापालगायतको ‘निर्जला’ टिम राजधानीका हलहरुमा पुगेका थिए । हलमा उनीहरुलाई दर्शकले घेरेर अटोग्राफ, सेल्फी लिनुका साथै चलचित्र राम्रो लागेको भन्दै खुशी प्रकट गरेका थिए । ‘दर्शकको प्रतिक्रिया र ब्यापार प्रति निकै खुशी लागेको छ,’ यही फिल्मबाट फिल्म निर्माण सुरु गरेका प्रकाशचन्द्रले भने,‘दर्शकले फिल्म एक्दमै मन पराएका छन् । ब्यापार निकै राम्रो भइरहेको छ । यो फिल्मबाट पाएको खुशीले अर्काे फिल्म निर्माण गर्ने हौसला मिलेको छ ।’ फिल्ममा समाबेश दशै गीत, भाले मोटर र शीर्ष गीत दर्शकले औधि मन पराएको उनले बताए ।

दशैको अबसर पारेर प्रदर्शन गरिएको यो चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्मा, श्याम राई, सुरवीर पण्डित, राजकुमार थापा, पल्पसा डंगोल, रश्मी भट्ट, प्रकाशचन्द्र न्यौपाने तथा बालकलाकार काजोल गिरीलगायतका कलाकारले अभिनय गरेका छन् । रबि कोइरालाले खिचेको चलचित्र तारा थापा किम्भले सम्पादन गरेका हुन् ।