असोज, काठमाडौं । गायिका अन्जु पन्तले पछिल्लो समय चलेको हल्ला र सामाजिक सञ्जालमा आईरहेका आफ्ना गलत समाचार प्रति खण्डन गर्दै आफ्नो दुबै मृगौला ठिक रहेको बताइएकी छिन् । गायिका अन्जुले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सामाजिक सञ्जालमा बिभिन्न लगत समाचार सम्प्रेषण गरेको भन्दै आफ्नो शुभ चिन्तकहरुलाई आफ्नो दुबै मृगौला ठिक रहेको जानकारी गराएकी हुन् ।
उनले आफुलाई सदैब माया गर्ने दर्शक स्रोता तथा देश बिदेशमा रहने आफन्तजनहरुको बारम्बार फोन आईरहेको र चिन्ता मान्नुभएको कारणले उनले आफुलाई केहि नभएको र दुबै मृगौला फेल भन्ने सामाचार गलत भएको भन्दै आफु पुर्ण रुपमा सकुशल भएको बताईन् । गायिका अन्जु पन्तले सदैब यसरी नै दर्शक स्रोताको माया पाईरहने विश्वास व्यक्त गरिन् ।