घर आँगनकालागि भोला रिजालदेखि ‘छक्का पञ्जा ३’ टिम सम्मको सहयोग

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

घर आँगन नेपालमार्फत बालबालिकालाई सहयोग गर्दै आएका समाजसेवी दिपक सिलवालले अगाडी सुतकेरीको व्यथाले छटपटाइ रहेकी महिलालाई सहयोग गरे । बच्चालाई जन्म दिन नसकेर पिडामा रहेकी सिन्धुपाल्चोक भारसिपाकी सन्त माया तमाङ्गलाई दिपकले हेलिकप्टर चार्टड गरेर नै उपचार गराए । यस कार्यमाउनलाई डाक्टर भोला रिजालले मेडिकलमा सहयोग गरे । झन्डै ९ महिना अगाडी गरेको यसकार्यपछि उनले त्यहिँ ठाउकी सिता जोगीलाई पनि त्यसरी नै सहयोग गरे । त्यसपछि उनले यसलाई एउटा अभियान बनाएर नै सहयोग गर्ने सोच बनाए । उनको यस अभियानमा डाक्टर भोला रिजाल , पुर्व सेनापति रुकमाङ्गद कटवाल ,अभिनेत्री तथा निर्देशकदीपाश्री निरौला ,सञ्चारकर्मी नरेश भट्टाराईले सघाईरहेका छन् ।

झन्डै एक वर्षसम्मको दौडधुपपछि उनलाई यस कार्यमा सिम्रिक एअरले सघाउने भएको छ । लुक्ला , पोखरा र काठमान्डौमा रहेका हेलिकप्टरले सहुलियतमायसकार्यको लागि सहयोग गर्ने भएको छ । दीपकले राजधानीमा एक कार्यक्रमको आयोजनागर्दै सहयोगीलाई धन्यवाददिदै अभियानसँगजोडिएकालाई सार्वजनिकपनि गरेका छन् । उनलाई मेडिकल सहयोग भने डाक्टर भोला रिजालले गर्ने भएका छन् । राजधानीमाआयोजित कार्यक्रममा डाक्टर रिजालले पनि यसको घोषणा गरे । यसैगरी कार्यक्रममै अभिनेत्री दीपाश्री निरौलाले आफ्नो फिल्म ’छक्का पञ्जा ३’ को तर्फबाट एक लाख ६ हजार नगद सहयोग गरिन् । यसैगरी पाथिभरा सहकारी संस्था लिमिटेडको तर्फबाट लायुर लामाले नगद रु एक लाखपाँचहजार पाँच सयपचपन्न सहयोग गरे । आफ्नो अभियानमा सहयोगीपाएर उर्जा मिलेको बताउने दीपक यसै अभियान सफलताको लागि एक साता साता ब्रतपनि बस्दैछन् । उनले दुर्गममा रहेका र सुत्केरी हुन् नसकेर उपचार नपाएका महिलालाई सघाउने बताएका छन् ।

दीपकसिलवाल: मैले पत्रिकामा पढेको खबरले मनमा छोएपछि प्रयास गरेको थिए ,जसमाहामी सफलभयौ । प्रयासबाट सन्तमाया र सिताजीको ज्यानबचाउन सफल भएपछी यसलाई अभियानबनाएर नै दुर्गममा रहेकामहिलाले यसकारणबाट ज्यानगुमाउनु नपरोस भनेर लाग्यौ । सुरुवातमायसलाई बुझाउन धेरै गाह्रो भयो , तर यतिबेला सहयोगी भेटेको छु । आफुले गरेको कार्यमा सहयोग पाउदाखुसिको सिमा नै छैन । सहयोगीहात बढाउने प्रयासजारी नै छ । हामीले केहिपहलगर्दा ज्यानबचाउन सक्छौ भने किनपहलनगर्ने भनेर अगाडी बढिरहेको छु । यो अभियानलाईहामीअझै अगाडी बढाउदै लाग्ने सोचमा छौ ।

डाक्टर भोला रिजाल: मैले आफुले सकेको सहयोग गरिरहेको छु र आगामीदिनमागर्ने पनि छु । दीपकजी सँगै पहिलाक्यान्सर पिडितलाई सहयोग गरेको थिए । उनको यस अभियानलाई सहयोग गर्न पाउदानिकै खुसि छु । हाम्रो प्रयासले कसैको ज्यान बच्छ भने त्यो सबै भन्दा ठुलो र महत्वपूर्ण  हो । यो अभियानमा मेडिकल सहयोग मैले सकेको गर्न तयार छु र गरिरहनेछु ।

रुक्माङ्गद कटवाल: मैले दिपकजीलाई मोरल स्पोर्ट बाहेक अन्य त गर्न सकेको छैन तर आगामीदिनमा मेरो तर्फबाट हुने हरेक सहयोग गर्नतयार छु । उनको यो कार्यलाई सहयोग गर्न पाउदा म आफुलाई खुसि महसुस गर्छु । उनको यस अभियानमा राज्यलाई कसरि जोड्नु पर्छ भन्ने तीर पनि सोच्दैछु । मैले के कसरि यसलाई अगाडी लग्नु पर्छ भन्ने सोचिरहेको जसमा म दीपकजीलाई सुझाव सहित साथ् दिनेछु ।

दीपाश्री निरौला: मैले दीपकजीलाई केहि समय अगाडी देखि नै सहयोग गर्दै आएकी छु । उहाको कार्यक्रममा सहभागीहुन् हामीझापा सम्मपनिपुगेका छौ । उनलाईआजपनिहामीले सक्ने सहयोग गरेका छौ । हामीले फिल्ममार्फत दर्सकको माया र साथ् पाएका छौ , र समाजसेवापनिगर्दै आएका छौ । हुन् त हामी यो पाटोको चर्चा गर्दैनौ तर मैले र दीपकजीले हाम्रो आम्दानीको केहि प्रतिशत संचय गरेर बालबालिकालाई सहयोग गरिरहेका छौ । दीपकजीको यस अभियानमाहामी साथ छौ , र साथ् रहिरहनेछौ । मलाइ लाग्छ हामीले सहयोग त गरिरहेका छौ नै यसलाई शिक्षाहिसाबले पनि सचेत बनाउनु पर्छ ।