प्रदिपलाई ‘सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

युएईको दुबईमा हालै भएको ‘मोडल सङ्स अवार्ड’मा कोरियोग्राफर तथा म्युजिक भिडियो निर्देशक प्रदिप श्रेष्ठले आधुनिक गीततर्फको ‘सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड जितेका छन् । उनले गायक राजेशपायल राई तथा गायिका जुनु गौतमको स्वरमा रहेको ‘मिठो मिठो प्रित बनोस’ बोलको भिडियोका लागि उक्त अवार्ड जितेका हुन् ।

दुबईको कार्यक्रममा उपस्थित हुन नसकेका प्रदिपलाई आयोजक संस्था मोडल सङ्स नेपालले ‘काठमाडौ फेशन विक’को कार्यक्रम आयोजना गर्दै उक्त अवार्ड प्रदान गरेको छ । उनलाई सांसद एवं पूर्व युवा तथा खेलकुद मन्त्री कमला रोकाले अवार्ड प्रदान गरेका हुन् । अवार्ड पाएपछि प्रदिपले जिम्मेवारी थपिएको बताए । ‘अवार्ड हाम्रा लागि प्रोत्साहनसँगै सम्मान पनि हो । यो अवार्डले मलाई काम गर्ने नयाँ जाँगर थपिदिएको छ ।’ उनले भने ।

अहिलेका व्यस्त निर्देशक प्रदिप कुशल नृत्य निर्देशक पनि हुन । सयौंको संख्यामा म्युजिक भिडियोसहित दर्जन बढी फिल्ममा कोरियोग्राफी गरिसकेका प्रदिप नृत्य निर्देशक संघका वरिष्ठ उपाध्यक्षसमेत हु्न् ।