नाना पाटेकर लगत्तै आलोक नाथमाथि यौन शौषणको आरोप

मुम्बई (एजेन्सी) ।

बलिउड चलचित्र निर्मात्री विनता नन्दाले आलोक नाथविरुद्ध यौन शोषणको आरोप लगाएकी छिन् । उनले आफ्नो फेसबुक पोष्टमार्फत घटनाको बारेमा जानकारी दिएकी छिन् । यस अघि तनुश्री दत्ताले चलचित्र ‘हर्न ओके प्लीज’को सेटमा नाना पाटेकरले उनीमाथि दुरव्यवहार गरेको भन्दै आवाज उठाएकी थिइन् । तर नाना पाटेकरले यो आरोप गलत भएको भन्दै तनुश्रीलाई कानुनी कारबाहीको लागि  ‘लिगल नोटिस’ पठाएका थिए। उक्त मामलापछि हाल थुप्रै महिलाहरुले आफूविरुद्धले भएको यौन शोषणलाई लिएर मिडिया मार्फत आवाज उठाउन थालेका छन् ।

बलिउडका कलाकार विकास बहल, नाना पाटेकर, कैलाश खेरमाथि  यौन शोषण र हिंसाको आरोप लागिसकेको छ । हाल भने विनता नन्दाले आलोक नाथविरुद्ध यौन शोषणको आरोप लगाएकी छिन् । तर उनले घटनाको बारे जानकारी दिएको पोष्टमा आलोक नाथको नाम लिएकी छैनन् । उनले लेखेकी छिन्  ‘जब म सन् १९९४ को चर्चित कार्यक्रम ‘तारा’ का लागि काम गरिरहेको थिएँ , उनले ममाथि शारिरिक दुर्व्यवहार गरे’ । समाचारका अनुसार, एक कुराकानीमा विनताले फेसबुकमा जुन व्यक्तिको कुरा गरिरहेकी थिइन् ती आलोकनाथ नै भएको स्विकार गरेकी छिन् । उनले आफुमाथि भएको  दुर्व्यवहार मात्र नभएर उक्त कार्यक्रमका बेला मुख्य नायिका नवनित निशानमाथि भएको घटनाको पनि जानकारी दिइन् । उनले थप लेखेकी छिन्  ‘एक सीनको क्रममा आलोक सेटमा रक्सी पिएर आए  र त्यसपछि शुटिङ गरिरहेका बेला नवनितमाथि खसेपछि उनलाई नवनितले थप्पड हान्न बाँध्य भइन् ।’  उक्त पोष्ट सार्वजनिक भएपछि आलोक नाथको पनि बयान पनि सार्वजनिक भएको छ । निर्मात्री विनताले उक्त पोष्टमा आलोक नाथको नाम लिएकी छैनन् । तर चर्चित कार्यक्रम ‘तारा’ र उनले प्रयोग गरेका संस्कारी शब्द बाट उनले आलोकनाथविरुद्द आवाज उठाएकी हुन् भन्ने अनुमान गर्न सकिन्छ ।