दुर्गा रायमाझीको ‘फर्क दाई फर्क’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

वरिष्ठ लोक सर्जक दुर्गा रायमाझीले बजारमा नयाँ गीत लिएर आएका छन् । सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको रायमाझीको ‘फर्क दाई फर्क’ बोलको गीतमा परदेश र नेपालको कथा जोडिएको छ । गीतमा नेपालका युवा विदेशमा गएर काम गरेको र अब नेपालमै फर्क भन्ने शब्द समावेश गरिएको छ ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायतले गीत सार्वजनिक गरेका हुन् । रायमाझीको आफ्नै शब्द, लय र स्वरमा तयार पारिएको गीतमा नेपाल नै जापान, अमेरिका, हङ्कङजस्तो बन्नेतर्फ प्रवासीको ध्यानाकर्षण गराएका थिए । पुराना थुप्रै गीतका सर्जक रायमाझीले अहिले झण्डै एक दशकपछि नयाँ गीत सार्वजनिक गरेका हु्न् । रायमाझी ‘बटौलीमा, निम्तो छ, मलाई जानुपर्छ, जोर मादल भिरेर, अचेल गाउँमा यस्तै छ, सान्नानी, भैसी पालेर’ जस्ता चर्चित गीतका सर्जक हुन् ।

(भिडियो)