आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

चलचित्र ‘चांगा चेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले सामाजिक सञ्जाल तथा म्युजिकल्ली (टिकटक)मा भाइरल भइरहेको गीत हो । धेरैले यस गीतको कभर गरेका छन् । कतिले रमाइलोका लागि भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको पाइन्छ । यही गीतको अफिसियल भिडियोले युट्युवमा करोड म्युज पाएको छ ।

राजनराज शिवाकोटी, मेलिना राई र ग्रिष्मा शिवाकोटीको स्वरमा रहेको गीत अगष्ट २० मा अपलोड गरिएको थियो । यसले करोड भ्युज पाएको हो । हरिहर तिमलसेनाको शब्द रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन् । कमेडी जानरामा बनेको चलचित्र ‘चांगा चेट’ मा आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अपर्ण थापा, प्रियंका कार्की, परमिता आरएल राणा, सुरक्षा पन्त, ऋचा शर्मा, बेनिशा हमाल, माओत्से गुरुङ, शिशिर वाङ्देल, पुष्कर गुरुङ, सरिता गिरीलगायत कलाकारको अभिनय छ । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र कात्तिक १६ गतेबाट नेपालभर प्रदर्शन हुँदैछ ।

२५ आश्विन २०७५, बिहीबार ०५:५७