कलाकार संघका अध्यक्ष बोगटीको अन्त्येष्टि

आर्टिष्ट खबर, असोज, काठमाडौं ।

गएको मंगलबार निधन भएका नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको अत्येष्टि गरिएको छ । बिहिबार पशुपति आर्यघाटमा दिउँसो तीनबजे अस्ट्रेलियाबाट बोगटीको छोरी आएसँगै अत्येष्टि गरिएको हो । बिहान ११ बजेदेखी अन्तिम श्रद्धाञ्जली दिनका लागी आर्यघाटमा चलचित्रक्षेत्रका कलाकार, रंगकर्मि, चलचित्र प्राविधिकहरुको बाक्लो उपस्थिती थियो ।

बिगत लामो समयदेखी चलचित्रमा अनवरत रुपमा लागिरहेको बोगटीलाई ५८ बर्षमै बिदा गर्नुपर्दा निकै दुख लागेको कलाकारहरुको भनाई थियो । चलचित्र अभिनेता, निर्माता तथा निर्देशक दीपकराज गिरीले बोगटीको चलचित्रप्रतिको योगदानलाई सम्झिँदै चलचित्रक्षेत्रले उनलाई कहिल्यै नबिर्सने बताए । ‘दाई तितोसत्यमा पनि जोडिनुभएको थियो, उहाँको काम गर्ने शैली, मिठास बोलीको धेरैले तारिफ गर्थे आज एक्कासी सबैमाफ बिदाई हुनुभयो, निकै दुख लागेको छ’ दीपकले भने । यस्तै नेपाल चलचित्र कलाकार संघका कोषाध्यक्ष गोपाल कायस्थले पनि बोगटलाई श्रद्धाञ्जली दिँदै उनको योगदानलाई कहिल्यै बिर्सन नसक्नु बताए ।

बोगटीको मंगलबार घर छेउकै पिपलको रुख काट्ने क्रममा हाँगाले बिजुलीको पोलमा अल्झिँदा पोल ढलेर उनलाई च्याँप्दा घटनास्थलमै ज्यान गएको थियो । बोगती दुईबर्ष अघि नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा निर्वाचीत भएका थिए ।

Related Video: