‘जयभोले मेरालागि चुनौतीको रूपमा रहेको छ’ :- खगेन्द्र लामिछाने

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

यही आउँदो मंगलबार अर्थात् फुलपातिको दिनबाट चलचित्र ‘जय भोले’ प्रदर्शनमा आउँदैछ । चलचित्रको निर्माण टिम र कलाकार यतिखेर चलचित्रको प्रमोशनमा निकै खटिएका छन् । लामोसमय पछि निर्देशक अशोक शर्माले ‘जय भोले’ निर्देशन गरेका हुन् । चलचित्रको कथानायक खगेन्द्र लामिछानेले लेखेका हुन् ।

खगेन्द्रले यसपटक ‘जय भोले’ मार्फत् आफूले फरक भूमिका गरेको बताउँछन् । यसअघिका चलचित्रमा उनले गम्भीर भूमिका निभाएको तर यसपटक हास्यप्रधान भ्रमिकामा रहेको उनी बताउँछन् । चलचित्र ‘टलकजंग भर्सेज टुल्के, पशुपतिप्रसाद, धनपति, डमरुको डन्डिबियो’ जस्ता चलचित्रमा गम्भीर भूमिका निर्वाह गरेका थिए । ‘जय भोले’ मा हास्यप्रधान भूमिकालाई आफूले चुनौतीकारूपमा स्वीकारेको उनले बताएका छन् । हास्यप्रधान भएपनि आफ्नो भूमिका त्यत्तिकै गहन, गम्भीर र जिम्मेवार भएको पनि खगेन्द्रले प्रष्ट पारेका छन् । यसमा उनलाई झापाको एउटा सानो शहरको जयडन पात्रको रूपमा देख्न सकिनेछ । डन उनको नाम नभएर जवजले प्रष्ट पारेको छ ।

सुरुमा जयभोलेमा आफूलाई दिइएको भूमिकामा काम गर्न नचाहेको खगेन्द्र बताउँछन् । ‘सुनको सिक्री लगाएर हुलदंगा गर्दै हिड्ने एउटा केटाको भूमिका समाजको नजरमा पनि राम्रो हैन नि त्यसैले मलाई यो भूमिका सुहाउँदैन भनेर अरूलाई नै अभिनय गराउन निर्माता निर्देशक अशोक शर्मालाई अनुरोध गरे । तर, निर्देशक शर्माले एउटा कलाकार भएपछि विविध भूमिका निर्वाह गर्नुपर्छ भन्दै धेरै कलाकारको उदाहरण दिएपछि आफू भूमिकाका लागि तयार भएको अभिनेताले बताए । यो चलचित्रमा खगेन्द्रको साथीको भूमिकामा सौगात मल्ल, प्रेमिकाको भूमिकामा स्वस्तिमा खड्का र मितको भूमिकामा बुद्धि तामाङ छन् । आफूहरू चारजना चलचित्रको मुख्य पात्र रहेको र चार पात्रको वरिपरि कथा घुमेको पनि उनले बताए । उनले भने ‘जयभोल मेरालागि चुनौतीको रूपमा रहेको छ’

चलचित्रले प्रस्तुत गर्ने गम्भीर विषयवस्तुबारे उनले खुलासा गर्न चाहेनन्, ‘जय भोलेको चुरो एउटा सशक्त विषयवस्तु छ । त्यो विषयवस्तुका बारेमा भन्दा कथा खोलिने भएकाले ३० असोजमा जय भोले रिलिज नभएसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ,’ खगेन्द्रले भने । आफूले करिब एकवर्षको अभ्यासपछि यो चलचित्रको स्कृप्ट तयार भएको खगेन्द्रले बताए । खगेन्द्रको चलचित्र ‘पशुपतिप्रसाद’ व्यावसायिक र समिक्षक हिसाबले सफल भएतापनि पछिल्ला दुई चलचित्र ‘धनपति’ र ‘डमरुको डण्डिबियो’ ले व्यावसायिक र समीक्षाकै दुवैबाट राम्रो हुनसकेन त्यसैले पनि अहिलेको चलचित्र ‘जयभोले’ उनका लागी चुनौतीको रूपमा रहेको छ ।