‘शान्ति’को नयाँ गीत सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

आउँदो मंसिर १४ बाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘शान्ति’ मा समावेश ‘बलेसीमा पानी खस्यो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा दिनेश लिङदेनको शब्द, विकास चौधरीको संगीत र विकास तथा सशिका राईको स्वर छ। सुशील क्षत्री र निशा पोमुले फिचरिङ गरेको गीतमा जनक राईको कोरियोग्राफी छ ।

चलचित्रका निर्देशकसमेत रहेका दिनेशका अनुसार फिल्मले वैदेशिक रोजगारीमा नेपालीहरूको यथार्थता, पारिवारिक, सामाजिक एवं प्रेमकथालाई प्रस्तुत गर्नेछ । पूर्व ‘मिस लिम्बू’ निशा पोमु र सञ्जिीव तथा सुप्रियाको यो ‘डेब्यु’ फिल्म हो । शान्ति वखिम थेबे निर्माता तथा वसन्त थेबे कार्यकारी निर्माता रहेको फिल्ममा कविता राई लिङ्देन प्रस्तुतकर्ता छिन् । फिल्म सिन्धुली, काभ्रे, नुवाकोटमा छायांकन गरिएको हो । चलचित्रमा सुशील क्षत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सञ्जीव थेबे, सुदिता लिङ्देन, बालदीप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदीप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारीको अभिनय छ । फिल्ममा विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराती, ज्ञानु राईको छायांकन र मेग मगरको सम्पादन छ ।